Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मन्त्रीपरिषद्को आजको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने संभावना

काठमाडौं । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । लकडाउनको स्वरुप परिवर्तन गर्न चौतर्फी दवाव आएपछि सरकारले स्वरुप परिवर्तन गर्न लागेको हो ।

लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गर्न आज दिउसो ४ बजेपछि बस्नेगरी मन्त्रीपरिषद्को बैठक पनि बोलाइएको छ । बैठकले स्वरुप परिवर्तनसँगै अन्य केही निर्णयहरु गर्ने एक मन्त्रीले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिएका छन् ।

लकडाउनको स्वरुप परिवर्तनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गर्नुभएको थियो ।
छलफलमा सहभागी अधिकांशले लकडाउनको स्वरुप परिवर्तन गर्नु पर्ने र सतर्कतालाई पनि उत्तिकै ध्यान दिनु पर्ने सुझाव दिएको बैठकमा सहभागी डा सागरमणी दक्षितले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका क्षेत्रलाई उच्च सुरक्षा र सतर्कतामा राख्दै बाँकी क्षेत्र खुला गर्ने गरी तयारी भएको छ । प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा लकडाउन खुला गर्न नसकिने सरकारी निष्कर्ष छ ।

पसलहरु खोल्न दिने, भिडभाड नियन्त्रण गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, निजी सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्था हुनसक्ने बताइएको छ ।

सरकारले देशव्यापी लकडाउन घोषणा गरेको आज७३ दिन भएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP