Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मेयर साह र वरिष्ठ चिकित्सकहरु विच गहन छलफल

राजन झा

जनकपुरधाम,

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह र जनकपुरधामका वरिष्ठ चिकित्सकहरु विच आज गहन छलफल भएको छ । आज जनकपुरधाम उप–महानगरपालिकाको सभा हलमा भएको छलफलमा कोरोना भाईरस, लक डाउन र अगामी रणनीतिको विषयमा केन्द्रीत रही छलफल भएको हो ।

छलफलमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर साह, उप–मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मी तथा स्वास्थ्य महाशाखाका प्रमुख र जनकपुरधामका वरिष्ठ चिकित्सक डा.प्रा. रामकेवल साह, डा. कुलदिप पण्डित, डा. विजयकुमार सिंह, डा. गौरांग मिश्र, प्रादेशिक अस्पताल जनकपुरधामका कोरोना विशेषज्ञ डा. जामुनप्रसाद सिंह, डा. अजयकुमार मिश्र, डा. रामकृष्ण साह लगायतको सहभागीता रहेको थियो ।

सो वैठकमा चिकित्सकहरुले कोरोना भाईरसको वर्तमान अवस्था भन्दा बढी भयावह अवस्था आउन सक्ने चेतावनी दिएका थिए । जनकपुरधाम उप–महानगरपालिकावाट भएको कामकारवाहीको उनीहरुले विश्लेषण गर्दै वाहिरवाट आउने नेपालीहरुकोलागि होम क्वारेन्टाइन तथा होटलमा क्वारेन्टाइनको व्यवस्था मिलाउनु पर्ने विचार राखेका थिए ।

चिकित्सकहरुले वर्तमान अवस्थामा जुन प्रकारले लकडाउनको उल्लंघन गरिएको छ त्यसले निकट भविश्यमानै ठूलो विकराल अवस्था सृजना गर्ने प्रति सचेत समेत गराएका थिए । लक डाउनलाई पूर्णतः पालना गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

उनीहरुले पूर्णतः लकडाउन र निकट भविष्यमा पर्ने आर्थिक मन्दिका विषयमा समेत कसरी मिलाउन सकिन्छ र कसरी यसलाई नियन्त्रण गरेर राख्न सकिन्छ भने ठूलो समस्या रहेको बताएका थिए । वैठकमा डा. विजय सिंहले केन्द्र र प्रदेश सरकार पूर्ण रुपले असफल रहेको आरोप लगाएका थिए ।

सो वैठकमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले कोरोना भाईरसको महामारीलाई नियन्त्रण गर्न केन्द्र सकार पूर्ण असफल रहेको आरोप लगाएका छन् । उनले भने–‘संघ सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई अगाडी बढाएर आफुले आफ्ना दायित्ववाट पञ्छेका छने ।

उप–मेयर रिता झाले कोरोना महामारीमा अहिले आमाले आफ्नो वाहिरवाट आएका छोरालाई समेत क्वारेन्टाइन गराउन लागेको जानकारी दिएकी थिइन् । उनले कोरोना माहामारीमा अव होम क्वारेन्टाइन थप असजिलो हुने उनले बताएकी थिइन् ।

वाहिरवाट आएकाहरुलाई घरमा नराख्न धेरै प्रचारवाजी भई सकेको छ अव उनीहरुलाई घरमा सावधानि पूर्वक राख्ने वातावरण मिलाउन उनले चिकित्सकहलाई समाजिक संजाल तथा मिडियाहरुको माध्ययमले जनचेतना फैलाउन आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP