Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विराटनगरका मेयर पराजुली भन्छन्,‘संघको आस गरियो भने जनता मर्छन’

काठमाडौँ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न संघीय र प्रदेश सरकार असफल र अनुत्तरदायी भएको भन्दै सवै स्थानीय तहहरुबाट विरोध भइरहेका बेला विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संघ र प्रदेश सरकारको आसामा बस्ने सवै स्यानीय सरकारहरुले जनता बचाउन नसक्ने बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै महानगर प्रमुख पराजुलीले यस्तो महामारीको संकटका समयमा समेत संघीय सरकारले जनतालाई वेवास्ता गरेको भन्दै अव पनि अरु उपाय नखोजि मुख ताकेर बस्ने हो भने प्राय सवै स्थानीय तहमा रोग र भोकमरीको महामारी चल्ने बताउनुभयो ।

संघीय सरकारबाट अहिले सम्म नगन्य किट बाहेक एक रुपैँया पनि सहयोग नआएको र प्रदेश सरकारले दिएको २० लाखले ६० रुपैँयाका दरले राहत वितरण गर्न समेत नपुगेको बताउनुभयो । उहाँले प्रदेश र संघीय सरकार नजताप्रति भन्दा भ्रष्टाचारप्रति अत्तरदायी बन्न थालेकाले जनताले पनि आस गर्न छाडिसकेको दावी गर्नुभयो ।

पराजुलीले भन्नुभयो,‘अहिले सम्म त जसो तसो धानेका छौ । खानै नपाएको अवस्था र पोजेटिभको अवस्था अरु प्रदेशहरुमा भन्दा कम रहेपनि समस्या भने जटिल भन्ने खतरा बाँकिनै रहेको छ । हामी अरु धेरै नगरपालिका र गाउपालिका भन्दा अलि सम्पन्न छौँ । यहाँ धेरै धनी र धेरै गरिवहरुको पनि बसोबास छ । सरसहयोग र आफ्नै स्रोतबाट धानिएको छ । तर, सवैको अवस्था हाम्रो जस्तो छैन । त्यहाँ प्रदेश र संघले नहेर्ने हो भने जनता मर्छन’ ।

उहाँले आफुले एकवर्षको तलब राहत कोषमा राखेको र अरु जनप्रतिनिधिहरुले पनि सकेजति सहयोग गरेको र पहिलो चरणमा ३० हजारलाई राहत वितरण गरेको भन्दै प्रदेशले दिएको २० लाख प्रति व्यक्ति ६० रुपैया पनि नपरेको जानकारी दिनुभयो । केही धनी व्यक्तिहरुको सहयोग र आफ्नो स्रोतबाट अहिले सम्म भोको नराखेको तर, संघबाट केहि नआउदा जनताप्रति अनुत्तरदायी देखिएको पराजुलीको भनाइछ ।

उहाँले भन्नुभयो,‘बजारहरु विहान ६ बजेदेखि १२ बजेसम्म खोल्ने निर्णय गरेका छोै । पोर्टोकल अनुसार व्यवस्थापन गर्न सहमति गरेका छौ । अब बजार खोलेर कोरानालाई आत्साथ गरेर अगाडी जाने निर्णय गरेका हो । निर्माण विकासका काम स्थानीय मजदुरबाट गराएका छौ । किट छैन न प्रदेशले दिन्छ न संघीय सरकारले दिएको छ । नगन्य मात्रै दिएको थियो । हामी आफैले १२ सय भिटिएम किनेर ल्यायौ । तर, स्वाब परिक्षण गर्न पाएका छैनौ । ल्याब भए हामी आफै गर्ने थियो’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP