Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको छ ।

मुलुकको ऐतिहासिक दस्तावेज, प्रमाण सङ्कलनका साथै विदेशीसँगको औपचारिक वार्ता तथा छलफलमा आवश्यक तथ्य प्रमाण जुटाउनेलगायत कार्यका लागि केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई सक्रिय बनाइएको हो ।

आर्थिक अभावका कारण अनुसन्धानमा सक्रिय हुन नपाएका अनुसन्धान केन्द्र तथा विद्यार्थीको अभावका कारण अध्ययन अध्यापन हुन नसकेका विभाग र त्यहाँका प्राध्यापकलाई यस दिशामा क्रियाशील गराइएको विश्वविद्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सिमानामा देखिने समस्या तथा नेपालले नयाँ नक्सा सार्वजनिक गरेको अवस्थामा भूगोल तथा इतिहास केन्द्रीय विभागलाई यस विषयमा अनुसन्धान गरी ऐतिहासिक प्रमाण खोजी गर्न लगाइएको जानकारी दिनुभयो।

नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) लाई पनि मुलुकको जल्दाबल्दा विषयमा अनुसन्धान गर्न लगाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP