Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विदेशबाट फर्किने कामदारबाटै हवाई खर्च असुल्ने सरकारको कार्ययोजना

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका कामदारप्रतिको दायित्वबाट सरकार पन्छिएको छ। करार अवधि भएका कामदारको उद्दार गर्दा वैदेशिक रोजगार बोर्डबाट गर्नुपर्ने कानुनी प्रावधान हुदाँहुदै सरकारले हवाई खर्च कामदारबाटै असुल्ने कार्ययोजना बनाएको छ।

सरकारले तत्कालै २५ हजार कामदार स्वदेश फिर्ता ल्याउने तयारी गरेको छ। सरकारले नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्ययोजना बनाएर हवाई टिकटलगायत अधिकांश रकम कामदार आफैले खर्च गर्नुपर्ने प्रावधान ल्याएको छ। श्रमस्वीकृति लिँदा हरेक कामदारले एक हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषमा रकम तिर्छन्।

बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका र अंगभंग भएकालाई क्षतिपूर्ति दिँदै आएको छ। तर कोरोना भाइरस(कोभिड १९) महामारीका क्रममा कामदार फिर्ता ल्याउँदा करार अवधिभित्र रहेका बोर्डले र करार अवधि सकिएकालाई सरकारले खर्च गरी कामदारको उद्दार गर्नुपर्नेमा त्यसो नगरेकोमा सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराएका छन्।

वैदेशिक रोजगार कल्याणकारी कोषको ६ अर्ब रुपैयाँ उपयोग गर्न अझै कार्ययोजना ल्याइएको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP