Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सिमेन्टकाे मूल्यमा एकाएक बृदिले उपभाेत्ता मारमा, सरकार भने चुपचाप

काठमाडौं । पाल्पाका अच्युत अधिकारीले लकडाउन हुनुभन्दा अगाडी घर बनाउन ३० बोरा सिमेन्ट खरिद गर्नुभयो, लकडाउनका बेला पनि कामदारहरुले घर बनाउने काम रोकेनन्, थप सिमेन्ट चाहिने भएपछि पहिले खरिद गरेकै सिमेन्ट कम्पनीसँग सिमेन्टको अर्डर गर्दा मुल्य बढेको भन्दै पुरानै मुल्यमा दिन नसकिने व्यवसायीले जानकारी दिए ।

एकाएक बढाईएको मुल्यका कारण मारमा परेका अधिकारीले बिभिन्न निकायमा गुनासो पनि गरे,तर कतैवाटपनि मुल्य घटाउन पहल नभएको बताएका छन् । सिमेन्ट कम्पनीले एकाएक बढाएको मुल्यका कारण मारमा परेका अधिकारी त एक प्रतिनिधि पात्रमात्रै हुन् । यस्ता हजारौं उपभोत्ताहरु जसले सिमेन्ट प्रयोग गरेर घर बनाउँदै थिए, ती उपभोक्ताहरु सिमेन्टको अस्वाभाविक मुल्य बृद्धिका कारण निकै मारमा परेका छन् ।

विभिन्न सिमेन्ट उद्योगहरुले लकडाउनको मौका छोपी सिमेन्टको मुल्य नै अत्याधिक बढाएपछि उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् । उपभोक्ताहरुको गुनासो आएको थाहा पाएरै होला केहि दिन अगाडी संसदमा एक सांसदले कुरा उठाए, मारुती सिमेन्टको नाम नै ताेकेर उनले प्रश्न गरे  “मारुती सिमेन्टले एकाएक मुल्य बढायो उपभोक्ताहरु मारमा परेका छन्, सरकार के हेरेर बसेको छ ?”

पहिले ५/६ सय पर्ने सिमेन्टको मुल्य अहिले तराईका जिल्लामा प्रतिबोरा एक हजार माथी पुगेको उपभोक्ताहरुले बताएका छन् । अहिले उत्पादन मुल्यमै जगदम्बा, शिवम्, मारुती, तानसेन, युनाईटेड लगायतका सिमेन्ट उद्योगहरुले बजेटपछि थप मुल्य बढाएका छन् । नेपालमा आवश्यकता भन्दा सिमेन्ट उत्पादन भइरहेको बताईए पनि अनुगमन र कारवाही प्रभावकारी नहुँदा उद्योगीहरुले मनलाग्दी मुल्य बढाउदै आएकाले उपभोक्ता मारमा पर्दै आएका छन् ।

सिमेन्टको मुल्यमा अस्वाभाविक वृद्धि भएको भन्दै उपभोक्ताहरु वाट गुनासो आईरहेका बेला सिमेन्ट उत्पादक कम्पनीका उद्योगीहरु भने उत्पादनका लागि आवश्यक कच्चापदार्थ नभएको र थोरै पाईएको कच्चा पदार्थको पनि बढी मुल्य परेकोले मुल्य बढाउनुपरेको बताउँदै आएका छन् । नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले झापा, मोरङ र नेपालगञ्जबाट प्रतिबोरा एक हजार पुगेको बताउनुभएको छ।

“लकडाउन भन्दा अगाडी ५ सय ९० देखि ६ सय ३० रुपैयाँसम्म रहेको सिमेन्टको मुल्य अहिले आएर ७ सय ६० भन्दा माथि पुगेको छ । तर, यो मुल्य आम उपभोक्ताका लागि नभएर निमार्ण व्यवसायीहरुका लागि मात्रै हो,” उहाँले भन्नुभयो। उहाँले सामान्य उपभोक्ताले भाडा सहित ८ सयसम्ममा पाउनुपर्ने सिमेन्ट हजारभन्दा माथी तिर्नुपरिरहेको गुनासो महासँघमा आएको जानकारी दिनुभयो । सिंहले सिमेन्ट उत्पादनमा वृृद्धि भएको खर्चभन्दा बढी मुल्य वृृद्धि भएको पाइएको बताउनुभयो ।

उहाँले मृल्यवृृद्धि नियन्त्रण गर्न आफूहरुले पटक–पटक आवाज उठाउँदै आएपनि कतैबाट सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाँले आफूहरु अझ सक्रिय भएर लाग्ने अठोट पनि व्यक्त गर्नुभयो । उपभोक्ता हित संरक्षण मञ्चले पनि सिमेन्टको मुल्य अत्याधिक बढेको गुनासाहरु धेरैतिरबाट आएको जनाएको छ । मञ्चका उपध्यक्ष सूर्यबहादुर थापाले उपभोक्ताको गुनासो आएपछि मञ्चले अनुगमन गर्ने सरकारी निकायलाई लिखित जानकारी गराउँदा पनि अनुगमन नभएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय र वाणिज्य तथा आपूर्ति विभागमा उजुरी दिएको जानकारी दिनुभयो । उहाँले सिमेन्ट लगायत धेरै बस्तुमा अप्रत्यासित ढंगले मुल्य बढेको विषयमा सरकारी निकायहरुले कारवाहीको आश्वासन दिएर पनि काम नगरेकाले उद्योगी व्यवसायीहरुसँंग कर्मचारीको मिलेमतो भएको आशंका गर्नुभयो । सरकारी निकायहरु चुपचाप बस्ने र उद्योगीहरुले मुल्य बढाएको बढाई गर्ने हो भने यसको विरुद्धमा आम उपभोक्ताहरु सडकमा आउनुपर्ने थापाको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP