Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

पश्‍चिम नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप, ६ राउन्ड हवाई फायर

परासी — पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ । प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउनेक्रममा रोक्न खोजेपछि झडप भएको हो । झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएका छन् । 

सशस्त्र प्रहरीका एसपी भरत खनियाँका अनुसार अवैधरुपमा सामान नेपालतर्फ पुर्‍याउन खोज्ने समूहलाई रोक्नेक्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि ६ राउन्ड हवाई फायरसमेत गरिएको छ ।

‘लकडाउनको समयमा नेपाल भारत सीमा बन्द छ । यस्तो समयमा भारतबाट भन्सार छलेर सामान ल्याएपछि रोक्नेक्रममा सुरक्षाकर्मीको अस्थायी बिट भत्काएपछि झडप भएको हो । ’ झडपको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । ढुंगामुढा प्रहार गर्दै अस्थायी बिटमा आक्रमण हुँदा सुरक्षाकर्मी घाइते भएका हुन् । ४ स्थानीय पनि घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ ।

स्थानीयले भने खेती लगाउनका लागि रासायनिक मल ल्याउँदा रोकेको र सोहीक्रममा गोली चलाएको बताए । स्थानीयले गुलेलीले आक्रमण गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP