Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना पुष्टि

अर्घाखाँची – अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

घर फर्केर सम्बन्धित पालिकाका क्वरेन्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना देखिएको र उनीहरु कुन ठाउँको क्वरेन्टीनमा बसेका भन्ने बारेमा अनुसन्धान  भैरहेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । 

यसअघि जिल्लाको शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वरेन्टीनमा बसेका ३६ वर्षीय  पुरुष र पाणिनी गाउँपालिकाको वडा नं. ८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको थियो । उनीहरुको सन्धिखर्कमा रहेको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ । 

गएको जेठ १० गते भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय पुरुषकोे  घर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP