Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

वर्षा लागिसक्यो किसानले पाएनन् युरिया र डिएपी

बुटवल,

रुपन्देहीका किसानहरुले वर्षा लागिसक्दा पनि डिएपी र युरिया मल नपाएको भन्दै तत्काल मल उपलव्ध गराउन माग गरेका छन । कृषक संघर्ष समितिले किसानलाई आवश्यक रासायिनक मल डिएपी र युरिया जेठ मसान्तसम्ममा उपलब्ध गराउन माग गरेको छ । समितिले धानखेतीको लागि उन्नत जातका बिउबिजन कृषकको गाउँघरमै सुपथ मूल्य वा ५० प्रतिशत अनुदानमा यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ ।

        देशभरीको ७७ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, संघीय सरकारको सामान्य प्रशासन मन्त्रालय, कृषि मन्त्रालय, सातवटै प्रदेशका कृषि मन्त्रालय, सम्पूर्ण स्थानीय तह र कृषक समुदायमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अनलाइनमार्फत ज्ञापनपत्र बुझाउँदै खेतीपाती गर्न आवश्यक कृषि औजार तथा त्यसलाई चलाउन चाहिने इन्धन गाउँमै उपलब्ध गराउन समेत माग गरेको हो । त्यस्तै समितिले यही जेठ २८ गते परेको राष्ट्रिय कृषक दिवसको दिन कृषकलाई सम्मान गर्ने कार्यक्रम सामाजिक दुरी कायम राखी गर्ने जनाएको छ ।

        लकडाउनका कारण किसानलाई आवश्यक खाद्य उत्पादन सहयोगी वस्तुको व्यवस्थापन हुन नसकेकोले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाइएको कृषक संघर्ष समिति नेपालका अध्यक्ष देव धवलले बताउनु भयो ।

        समितिले उठाएको माग सम्बोधन नभए कृषक समुदायले स्थानीय तहमा प्रदर्शन तथा धर्ना दिने तथा सम्बन्धित निकायमा तालाबन्दी गरी आमरण अनसन गर्न समेत बाध्य हुने चेतावनी धवलले दिनुभयो । यसैबीच समितिले रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिका कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले समितिले उठाएको माग जायज रहेको र गाउँपालिका किसानहरुको समस्याप्रति गम्भिर रहेको बताउनु भयो । उहाँले संघीय सरकार र प्रदेश सरकारले पनि किसानको समस्याप्रति चासो राख्दै समाधानतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP