भाेला गुप्ता
कृष्णनगर
कृष्णनगर नगरपालिका भित्रको क्वारेन्टाइनमा बसेका नागरिकहरुले खाना, खाजा, नास्ता वापत भएको खर्च रकम पाउने भएका छन् । नगर भित्र रहेका क्वारेन्टाइनमा केही क्वारेन्टाइनका व्यक्तिहरुले नपाएका सेवा सुविधा पाउने भएका छन । पटक–पटक कुरा राख्दा पनि सुनवाई नभएपछि खाना व्यवस्थापन नभएका क्वारेन्टाइनका व्यक्तिहरु डिस्चार्ज भएपछि नगरपालिकामै पुगी नगर प्रमुख शाह समक्ष आफ्ना माग राखेका थिए । उहाँहरुको मागलाई सम्बोदन गर्दै नगरपालिका प्रमुख रजत प्रताप शाहले क्वारेन्टाइनमा बस्दा कतिपय क्वारेन्टाइनमा प्रयास गर्दा पनि खानाको व्यवस्थापन नहुँदा कमजोरी स्विकार्दै वास्तविक लाग्ने खाना खर्च उपलब्ध गराउने आश्वासन दिनुभयो । यस विषम परिस्थितिमा सबै पक्षलाई व्यवस्थापन गर्दा अहोरात्र खटेर काम गर्दा आफ्ना नागरिकबाट आएका गुनासोलाई आगामी दिनमा पूर्ण व्यवस्थापनमा कुनै कमी नराख्ने शाहले बताउनुभयो । नगरपालिकाले तत्काल खाना, नास्ताको व्यवस्था गर्न नसक्दा आफै घरबाट व्यवस्था मिलाई खाने गरेको टोलीमा सहभागी पिडित हरि नारायण चौधरीले बताए । क्वारेन्टाइनमा बसी खाना नपाएका व्यक्तिहरु त्यहाँ बसुन्जेलसम्मको खाना, नास्ताको खर्च माग गरेपछि नगरपालिका तयार भएको नेकपा नगर अध्यक्ष जाबेद आलम खाँले बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया