Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिवपुर क्वारेन्टाइनमा योग र नाच गानबाट आत्मबल बढाउदै


दिपक के.सी.
जेठ २९ कपिलवस्तु
“विहानै उठ्छु , नित्य कर्म पछि योग सुरु हुन्छ , यतिका बर्ष बाहिर बसे योगबाट मन तन स्वस्थ र आत्मबल बढ्छ भन्ने यहि आए पछि थाह भो ।” कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा रहेको क्वारेन्टाइनमा बसेका ७३ बर्षे बृद्ध खिम बहादुर भट्टराईले हसिलो अनुहार बनाउदै भने । “कोरोन अब लागे पनि डर छैन कसरी बच्ने आत्मबल कसरी बढाउने भन्ने कुरा मैले यहि बस्दा बुझि सके ” उनले भने ।
बृद्ध सगैं क्वारेन्टाइनमा बसेका २४ जनालाई कोरोनालाई जित्न सक्छु भन्ने आत्म विश्वास जागेको छ । नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरको क्वारेन्टाइनमा बसेका उनीहरुको दैनिकी व्यायम योगा र नाचगानबाट सुरु हुन्छ । “क्वारेन्टानमा आएको ६ दिन भइसक्यो तर बाहिर बसे जस्तो फिल भएको छैन , आफ्नै घरमा बसेको छु भन्ने भान भएको छ ” भारतबाट आएकी १८ बर्षिय युवतीले भनिन । “कोरोना जित्न आत्म बल बलियो बनाउनु पर्छ सरहरु भन्नु भएको । हामीलाई विहान विभिन्न जडिबुटि मिश्रित तातो पानी खान दिनहुन्छ, यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ रे ।”


क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल बढान हरेक दिन विहान व्यायम योगा र नृत्यको समय तालिका रहेको क्वारेन्टाइन व्यस्थापक शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनु भयो । क्वारेन्टाइनमा खाना,खाजा, नास्ता र नाच अनि योगको समय तालिका रहेको छ सोहि तालिका अनुसार नै हामीले नियमित उनीहरुलाई खुसी राख्ने प्रयासमा छौ पौडेलले भन्नु भयो ।
नेपाल आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा अहिले गर्भवती महिला सहित २ महिने बालक पनि रहेका छन ।

क्वारेन्टाइन व्यवस्थापक टिमले उनीहरुको लागी पनि विशेष व्यवस्था गरेको जनाएको छ । गर्भवती र शिशुको आमाका लागी आवश्यक पौष्टिक आहारको व्यवस्था गरिएको पौडेलले बताए । गर्भवती महिलाको गर्नुपर्ने नियमित स्वास्थ्य जाचँको सेवा पनि क्वारेन्टाइनमा नै उपलब्ध गराइएको उहाँले बताउनु भयो । गर्भवती र २ महिने शिशुको आमाका लागी हरेक दिन विहान बेलुका पौष्टिक आहार र दुध समेत दिदै आएको क्वारेन्टाइन व्यवस्थापक पौडेलले बताउनु भयो ।


क्वारेन्टाइनमा रहेका २४ जना मध्ये बुधबार ९ जनाको स्वांब संकलन गरी पिसिअर परिक्षणका लागी काठमाण्डौ पठाइएको पौडेलले बताउनु भयो । कोरोना जित्नको लागी आत्मबल बलियो हुनुपर्छ हामी यहाँ बसेकाहरुलाई भोलि रिपोर्टले कोरोना पोजिटिभ देखायो भने पनि कसरी आत्मबल बलियो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्ने सिकाएको हरेक दिन विहान शारिरीक व्यायम सहित योग अभ्यास दिदै आउनु भएका स्वास्थ कर्मि अहेब डिबि हमालले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP