Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पश्चिम रुकुम घटनामा संलग्न थप तीनजना पक्राउ

काठमाडौं । पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् ।

सबिनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । बुधबार नै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । योसँगै मृतकका परिवारले किटानी जाहेरी दिएका २० जना नै पक्राउ परेको प्रहरीले जनाएको छ । किटानी जाहेरी परेका बाहेका अन्य आठ जनालाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हत्याको घटनाको अनुसन्धानका लागि प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ। गत १० जेठमा सोतीकी १७ वर्षीया मल्ल थरकी किशोरीका प्रेमीसहित जाजरकोटतर्फबाट आएका युवा स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP