Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सेवाबाट नहटाउन पत्रकार महासंघकाे आग्रह

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले कोरोना भाइरसको जोखिमका समयमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई विभिन्न सञ्चारगृहले तलब नदिने तथा सेवाबाट अवकाश दिन थालेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो,“विपद्का अवस्थामा सञ्चारकर्मीको थप सामाजिक सुरक्षा र कोरोना सङ्क्रमणबाट आइसोलेशनमा बसेका सञ्चारकर्मीको उपचारमा विशेष ध्यान दिन म सरकासँग आग्रह गर्दछु । ”आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सरकारले स–साना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई सहुलियत कर्जा उपलब्ध गराउन माग समेत गर्नुभयो ।

सो अवसरमा उहाँलाई हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घका अध्यक्ष ताराबहादुर कुँवरले २५ बोरा चामल हस्तान्तरण गर्नुभएको थियो । शाखाले करिब क्रियाशील २५० सञ्चारकर्मीको कोरोनासम्बन्धी स्वास्थ्य बीमा, चामल, दाललगायत खाद्य सामग्री सहयोग गरेको छ । त्यस्तै सुरक्षात्मक सामग्रीहरु मास्क, पञ्जा, ह्याण्ड स्यानिटाइजर, पिपिइ तथा प्रेस ज्याकेट तथा सदस्यहरुको शरीरको तापक्रम नापिरहने प्रबन्ध गरेको जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP