डडेल्धुराको गन्यापधुरा –२ मा आफ्नै नाती हिर्काउदा एक वृद्धाको मृत्यु भएको छ। कुवरगाउँका २४ वर्षीय रोशनराज गिरीले धान कुट्ने ढिकीको मुशलले हिर्काउँदा हजुरआमा ७३ वर्षीया राधादेवी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने बताउनुभयो।
प्रहरीका अनुसार नातीको आक्रमणबाट वृद्धा गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै वृद्धाको मृत्यु भएको हो। घटनामा संलग्न गिरीलाई प्रहरीले बुधबार नै गरेको छ ।
घटनापछि फरार रहेका गिरीलाई अमरगढी नगरपालिका –११ फिन्नेकोटस्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको न्यौपानेले बताउनुभयो। मृतकका छोराले दिएको किटानी अनुसार गिरीविरुद्ध ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिइसकेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया