Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपाल–भारत सीमासम्बन्धी प्रमाण जुटाउन विज्ञ समूह गठन

 सरकारले नेपाल भारत सीमा सम्बन्धिका प्रमाण सङ्कलनका लागि विज्ञ समूह गठन गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा सीमासम्बन्धी प्रमाण सङकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरिएको हो ।

यही जेठ २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विज्ञ समूह गठन गरेको आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँले आज जेठ २२ र २८ गते मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्नुभएको थियो ।

उक्त समूहको सदस्यमा कानुनविद् सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुङ्गेल, कानुनविद् विपिन अधिकारी, जलविज्ञानविद् जगत भूषाल तथा तोयानाथ बराल, हिमालय थापा र अप्सरा चापागाईं रहनुभएको छ । समुहको सदस्य सचिवमा परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी हुनुहुन्छ ।

समूहलाई सार्वजनिक निकायलगायत विभिन्न संस्था, व्यक्ति, स्वदेश र विदेशमा रहेका पुस्तकालय, अभिलेखालय एवं संग्रहालयबाट नेपाल भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्रको लिम्पियाधुरा, कुटी, नाभी, गुञ्जी, कालापानी, लिपुलेकक्षेत्रलाई नेपालको स्वामित्व स्थापित गराउन आवश्यक कागजात, प्रमाण सङ्कलन गर्ने कार्यादेश दिइएको छ ।

समूहलाई नेपाल भारतबीचको सन्धि, सम्झौता, तत्कालीन इष्ट ईन्डिया कम्पनी र भारतसरकारसँग भएका सम्झौता, नेपाल भारतसम्बन्धी नक्सा (दुवै देशबाट प्रकाशित) सरकारी पत्राचार, प्रशासनिक आदेश, प्रशासन, सकारका योजनालगायत सरकारी दस्तावेज, अन्य आधिकारिक प्रमाण जुटाउने कार्यदेश छ ।

यस्तै जग्गाको स्वामित्वका प्रमाण, राजस्व, मालपोत, भूमिकर, तिरोभारोआदि तिरेका रसिद, भरपाई, पत्र, रोक्का, सदनआदि अभिलेखसमेत सङकलनको जिम्मेवारी छ । यस्तै मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकबाट रु २४ अर्ब बराबरको सहुलियत ऋण स्वीकार गर्न वार्ता टोली गठन गर्ने र सहायता लिने प्रक्रिया अघि बढाउने निर्णय पनि भएको छ ।

गृह मन्त्रालयको प्रस्तावमा साविक बमोजिक सामाजिक सुरक्षा भत्ता लिइरहेका ६० वर्ष उमेर पूरा नगरेका विधवालाई मासिक रु दुई हजारका दरले चालू आवको तेस्रो चौमासिक चैतदेखि आगामी असारसम्म हुन आउने रकम सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय पनि सरकारको छ । साविक बमोजिक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका अति असक्त, अपाङ्गता वा ‘ख’ वर्गका अपाङ्गताको परिचय प्राप्त लाभग्राहीलाई मासिक रु १६ सयका दरले गत चैतदेखि आगामी असारसम्मको सामाजिक भत्ता सहायता स्वरुप उपलब्ध गराउने निर्णय पनि भएको डा खतिवडाले जानकारी दिनुभयो ।

शहरी विकास मन्त्रालयको प्रस्तावमा विदेशमा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरणका लागि क्वारेन्टिनको पूर्वाधार निर्माण गर्ने, अर्थ मन्त्रालयको भन्सार विधेयक संसद्मा पेश गर्ने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अभिलेख संरक्षण ऐन २०७७ लाई संघीय संसद्मा पेश गर्ने । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको खाद्य स्वच्छता तथा गुणस्तर नियमनसम्बन्धी विधेयकलाई संसद्मा पेश गर्ने भन्ने निर्णय भएको छ ।

यस्तै नेपाल नगरपालिका संघको विधान स्वीकृत गर्ने, किटजन्य रोग अनुसन्धान र तालिम विकाससम्बन्धी आदेश स्वीकृत गर्ने, राष्ट्रिय आयुर्वेदन अनुसन्धान र तालिम विकास समितिको आदेश स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेकाे छ । सिंहदरबार बैद्यखाना विकास समिति गठन आदेश २०७७ लाई स्वजीकृत गर्ने र वातावरण संरक्षण नियमावली २०७७ लाई स्वीकृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षाा परिषद्को प्रस्ताव नं १३२५ र अन्य पुरक प्रस्तावको कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP