माधव बेल्बासे
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले निर्माण गरेको आइसुलेशनमा रहेका २५ जना कोरोना मुक्त भएका छन् । १४ दिन आइसोलेशनमा बसेका उनीहरुलाई शनिवार नगर प्रमुख रजत प्रताव शाह ले दोसल्ला ओढाई सम्मान पूर्वक घर पठाइएको छ । नगरपालिका भित्र कोरोना संक्रमित बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंग को समन्वयमा किशोरीहरुले पढ्ने आयसा गर्ल्स कलेजलाई ३४ बेडको आइसोलेसन सेन्टर बनाइएको थियो । भारतबाट आएका नागरिकहरु कोरोना मुक्त भएपछि बिदाई गरीएको नगरप्रमुख शाहले बताउनुभयो ।
कोरोना संक्रमितलाई छुट्टाछुट्टै आवश्यक दैनिक उपभोग्य समान तथा प्रतिरक्षा प्रणाली मजबुत बनाउने औषधिका साथ वाइफाइ युक्त आइसोलेसन वार्ड व्यवस्थापन गरिएको थियो । अहिले पनि उक्त कोरोना आइसोलेशन सेन्टरमा केही व्यक्ति रहेका र थप १९ जना कोरोना संक्रमित लाई ल्याउने तयारी भै रहेको जनाइएको छ ।
कपिलवस्तुमा शनिवार २९ कोरोना सङ्क्रमित थप भएका छन् । यो थप भए सँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ६३४ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिवार दिउसो मायादेवी गाउँपालिकामा १४ जना, महाराजगन्ज नगरपालिकामा ४ जना , कपिलवस्तु नगरपालिकामा ४ जना र शुद्धोधन २ जना र बिजयनगर गाउँपालिकामा ५ जना थप भएका छन् । थप भएका ७ वर्ष देखी ५० वर्ष उमेर समूहका भएको फोकल पर्सन कुमार थापाले बताउनु भयो ।
यशोधरा गाउँपालिकामा १६८ जनामा महाराजगन्ज नगरपालिकामा १२२ जना, मायादेवी गाउँपालिका ६७ जना, कृष्णनगर नगरपालिकामा ७१ जना , शिवराज नगरपालिकामा ५८ जना, शुद्धोदन गाउँपालिकामा ३५ जना, कपिलवस्तु नगरपालिका ३४ जना, बुद्धभुमी नगरपालिका २९ जना, बाणगंगा नगरपालिकामा २३ र बिजयनगर गाउँपालिकामा २७ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया