Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा ६४ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या २ सय २४ पुगेको सामाजिक विकास मन्त्रालय अन्र्तगत सवास्थ्य निर्देशनालय डोटीले नियमित रुपमा गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

यसअघि नै २६ जना संक्रमित निको भइ घर गइसकेका छन भने २ जना संक्रमितको मृत्यु भइसकेको छ । पुष्टि भएका मध्ये बझाङ्ग बित्थडचिर गाउँपालिकाका २९ वर्षीय १ जना महिला, वर्ष ८ का १ जना बालक, केदारस्यु गाउपालिकाका १८ र २४ वर्षका २ जना पुरुष, खप्तड छन्ना गाउपालिका बस्ने वर्ष ३२ का १ जना महिला रहेका छन् ।

त्यस्तै, डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका बस्ने वर्ष ३२ का १ जना महिला, नवदुर्गा गाउँपालिका बस्ने वर्ष २७ का १ जना महिला र वर्ष १९ देखि ४० सम्मका २२ जना पुरुष रहेका छन् । त्यसैगरी, डोटी जोरायल गाउँपालिका बस्ने वर्ष २६ का १ जना महिला र वर्ष ४२ का १ जना पुरुष रहेका छन् । सायल गाउँपालिका बस्ने वर्ष ६० का १ जना पुरुष , कैलालीको चुरे गाउपालिका बस्ने वर्ष १८ देखि २६ का का ५ जना पुरुष छन् ।

धनगढी उपमहानगरपालिका बस्ने वर्ष ४४ र ४५ का २ जना पुरुष, गोदावरी नगरपालिका बस्ने वर्ष १९ का १ जना महिला र वर्ष २५ को १ जना पुरष, लम्की चुहा नगरपालिका बस्ने वर्ष ३४ का १ जना पुरुष र टिकापुर नगरपालिका बस्ने वर्ष २० का १ जना पुरुष रहेका छन् ।

कञ्चनपुरको पुनर्बास बस्ने वर्ष २५ र ३८ का २ जना पुरुष, लालझाडी गाउँपालिका बस्ने वर्ष १९, २२ का २ जना महिला र वर्ष १३ देखि ३४ वर्ष का १३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रदेशमा हाल सम्म १० हजार ५६४ जनाको स्वाब नमुना संकलन गरिएको र ८ हजार ६७८ जनाको जाँच गरिएको मध्ये ८४२६ मा नगेटिभ रिपोट आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जाकारी दिनुभयो। एक हजार ८३६ जनाको रिपोट आउन बाँकी छ भने पोजिटिभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP