काठमाडौं । नेपाल विद्यार्थी संघले कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो ।
कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनु पर्ने नेविसंघको माग छ । कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिनु पर्ने माग गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताउनुभयो।
नेविसंघले महामारीकै बीचमा नयाँ शैक्षिकसत्र सुरु गर्नु पर्ने अवस्थामा विद्यार्थीको सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिकालगायतको माध्यमबाट पठनपाठन सुरु गर्नु पर्ने र इन्टरनेटलगायत सबै प्रविधिको निःशुल्क व्यवस्थापन गर्न पनि माग गरेको छ ।



राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया