Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

निजी मेडिकल कलेजहरुमा आइसोलेसन सेन्टर बनाउने सीसीएमसीको निर्णय

कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।

सीसीएमसी निर्देशक समितिको पछिल्लो बैठकले प्रदेशहरुमा सञ्चालित मेडिकल कलेज र सरकारी आवासीय भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । त्यहाँ राखिने संक्रमितहरुको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ ।

साथै सेवा शुल्क पनि तोक्ने सीसीएमसीको निर्णय छ । मेडिकल कलेज तथा सरकारी आवासीय भवनमा नभएका स्थानमा हालका क्वारेन्टिन स्थलहरुलाई नै आइसोलेसन सेन्टर बनाउने निर्णय भएको छ । यसका लागि आवश्यक बजेट प्रदेश र जिल्लास्तरीय सीसीएमसीलाई बजेट दिइनेछ ।

पूर्वाधार नभएका जिल्लाहरमा सम्भावित संक्रमित आंकलन गरेर पनि आइसोलेसन सेन्टर बनाइने भएको छ । संक्रमितहरुलाई निगरानी प्रणालीसहित स्वच्छेक रुपमा होम आइसोलेसनमा व्यवस्थापन गर्ने योजना बनाउने निर्णय पनि भएको छ ।

सीसीएमसीले क्वारेन्टिन स्थलको बेड क्षमताभन्दा बढी मानिस नराख्न निर्देशन दिएको छ । बढी भएकाहरुलाई जिल्लाकै अर्को क्वारेन्टिनमा लैजान र छिटो परीक्षण गरेर होम क्वारेन्टिनमा पठाउन जिल्लास्तरीय सीसीएमसीलाई निर्देशन दिएको हो ।

बैठकले कोरोना रोकथाम तथा उपचारमा तीनै तहको सरकारबाट भएको निकासा र खर्चको मासिक फाँटवारी महालेखा नियन्त्रक कार्यालयले संकलन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP