Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्राविधिक विषयमा राजनीतिक निर्णय हुँदा सवैतिर भद्रगोल देखियोः डा.खेम कार्की

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार डा.खेम कार्कीले कोरोना संक्रमण नियन्त्रणका लागि चालिएका कदममा प्राविधिक विषयमा पनि राजनीतिक निर्णय हुने गरेकाले परिक्षणदेखि क्वारेन्टिन सम्मको व्यवस्थापनमा भद्रगोल देखिएको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहमा पत्रकार ऋषि धमलासँग कुरागर्दै उहाँले चिकित्सकहरुले विश्वको अनुभव र बदलिदै गएको मापदण्ड अनुसार भनेको कुरालाई कार्यन्वयनमा लानुपर्नेमा धेरै ठाउमा राजनीतिक निर्णय हुने गरेकाले व्यवस्थित बनाउन समस्या भइरहेको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा कोरोना संक्रमणको स्वरुप परिवर्तन हुँदै जाँदा विश्व स्वास्थ्य संगठन र अनुभवी चिकित्सकहरुले अपनाएका नयाँ नयाँ मापदण्डहरु प्रयोगमा लाने विषय प्राविधिक भएको यसैलाई कार्यन्वयनमा लानपर्ने दावी गर्नुभयो । कार्कीले १४ दिन सम्म क्वारेन्टिनमा राखेपछि होम क्वारिन्टमा राख्न सकिन्छ भने र विश्वस्वास्थय संगठनले भनेको छ त, यो प्राविधिक कुरालाई जनप्रतिनिधिले राजनीतिक बनाउदा अर्को समस्या देखिएको बताउनुभयो ।

उहाँले सरकारले अनुमान गरेको भन्दा धेरै नेपालीहरु सीमाबाट नेपाल भित्रिएकाले एकै पटक व्यवस्थापन गर्न र आवस्यक टेस्ट गर्न समस्या रहेको छ स्थानीय तहबाट भएका नमुना संकलन पनि गाइडनलाइन अनुसार भएको नपाइएको जानकारी दिनुभयो । स्वाब टेस्ट ंआजको भोली सम्भव नरहेको भन्दै कार्कीले चाडो आउँदा पनि ६ घण्टा लाग्ने नमुना र चाँडो नमुना लिनुपर्नेको ढिलो नपर्नेको चाडो भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘असार १५ भित्र नमुना परिक्षणको दायरा १० हजार पुर्याउछौँ । कुनैपनि व्यत्ति १४ दिन बसेको छ भने उ घर जान सक्छ । १४ दिन अगाडी आरडीटी गर्दा पोजेटिभ देखिन्छ । त्यो देखिएन भने आरडीटीले काम गरेन भनेर बुझ्नुपर्छ । यो कुरा बुझाउन सकिएन । त्यथ्यका आधारमा आएका गाईडलाइनलाइ फ्लो गर्ने काम गर्नु पर्छ त्यो भएको छैन ।’

कार्कीले अब निजिले पनि परिक्षण गर्न पाउने र यसका लागि ५५ सय रुपैया दिने निर्णय भएको भन्दै सरकारले दिएको नमुना मात्रै परिक्षण गर्न पाउने बताउनुभयो । विदेश जानेले पनि तोकिएको अस्पतालमा ५५ सय तिरेर परिक्षण गर्न सक्ने व्यवस्था गरिएको छ उहाँको भनाइछ ।

उहाँले भन्नुभयो, ‘१४ दिन पछि गर्ने भनेको एन्टीबडी नै हो । सवैको परिक्षण गर्न सकिदैन । यो संकै संकाको देश हुने भो । सूदुरपश्चिममा सामूहिक बलात्कार दुखद घटना हो । स्वयम सेवकहरुबाट यस्तो घटना भएको भन्ने कुरा छ । यसले सचेत बनाएको छ । अब अरु क्वारेन्टिनमा यस्तो हुन दिदैनौँ धेरै भन्दा धेरै मानिस आएकाले चुनौती भने थपिएको छ । अब प्राविधिक विषयलाई कार्यन्वयनमा लानेकाम गर्नुपर्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP