काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवादलाई वार्ताबाटै टुंगोमा पुर्याउने बताएका छन्। सुदूरपश्चिम प्रदेशसँगै जोडिएको उत्तराखण्डबासीलाई सोमबारसम्बोधन गर्दै सिंहले नेपाल र भारतबीचको ‘रोटी–बेटी’को सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन्।
उत्तराखण्डको पिथौरागढ हुँदै नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्मको सडक गत मे मा उनैले उद्घघाटन गरेपछि दुई देशबीच विवाद बढेको छ। उक्त विवाद पछि नेपालले मिचिएको मूमि समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्नुका साथै संविधान संशोधन गरेर निसान छाप समेत परिर्वतन गरिसकेको छ।
मन्त्री सिंहले उत्तराखण्ड जन संवादमा जनतालाई सम्बोधन गर्दै नेपालसँग अहिले देखिएको विवादलाई वार्ताबाटै टुंगोमा पुर्याउने पनि जानकारी दिएका छन्। भारत र नेपालबीच असाधारण सम्बन्ध रहेको उनको भनाइ छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया