Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोना रोकथाममा सरकारको कमजोरी औल्याउँदै कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाममा सरकारको कमजोरी औल्याउँदै त्यसतर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ। प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरुले मंगलबार (आज) बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्ष पत्रमा कोरोना नियन्त्रणका लागि पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताउनुभएको छ। यसमा कोही दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने ओलीको भनाइ छ। सरकारको ध्यान कहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको भन्दै उहाँले भन्नुभयो, ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, छाड्दिनँ ।’

प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको समेत बताउनुभएको छ। यसका लागि अब सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा उहाँले जोड दिएको बताइएको छ। प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टाइनमा कमजोरी भएको स्वीकार गर्नुभएको छ।

भेटमा कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरेका थिए । तर प्रधामन्त्री ओलीले आरडीटीबारे केही नबोलेको बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP