काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधनको मतदानमा अनुपस्थित भएका सांसदहरुलाई स्पष्टिकरण सोधेको छ। नेकपा संसदीय दलले उनीहरुसँग संविधान संशोधको मतदान हुने दिन प्रतिनिधिसभामा अनुपस्थित हुनुको कारण सोधेको हो ।
नेकपाका सांसदहरु हरिबोल गजुरेल, गोपाल बम, धनबहादुर बुढा र शिवकुमार मण्डल जेठ ३२ गते भएको संधिवान संशोधन विधेयक पारित गर्ने बेला अनुपस्थित थिए । संविधान संशोधन जस्तो विधेयक पारित गर्ने बेला अनुपस्थित भएका सांसदहरुलाई दलको सामान्य प्रक्रिया अनुसार स्पष्टिकरण सोधिएको हो ।
नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने दलको नियमित प्रक्रिया अनुसार भएको भन्दै मिडियामा दिनुपर्ने खालको केही कुरा नरहेको बताउनुभयो। केही सांसदले भने दललाई जानकारी दिएरै स्वास्थ्यका कारण अनुपस्थित भएको विषयमा स्पष्टिकरण सोधिएको भन्दै आपत्ति जनाएका छन् ।
संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको दिन नेकपामा चार सहित कांग्रेस र जसपाका पनि केही सांसद अनुपस्थित थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया