Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नेपाली काग्रेस पार्टि त्याग्दै ७ जना नेकपामा प्रवेश (फोटो फिचर)

नेपाली काग्रेस पार्टि त्याग्दै ७ जना नेकपामा प्रवेश
दिपक के.सी.
कपिलवस्तु २ असार
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा एक कार्यक्रमका विच नेपाली काग्रेस परित्याग गर्दै ७ जनाले नेकपामा प्रवेश गरेका छन शिवराज नगरपालिका वडा नं. १ नेकपा वडा कमिटिले आयोजना गरेको पार्टि प्रवेश कार्यक्रममा वडा नं. १ र ३ मा नेपाली काग्रेसको सक्रिय राजनिति गर्दै आएका उनीहरुले काँग्रेस त्याग गर्दै नेकपामा प्रवेश गरेका हुन ।
नेपाली काग्रेस त्याग गर्दै नेकपा प्रवेश गर्नेहरुमा शिवराज ३ हचुवाका झकमाया गिरी, कमला गिरी, दिपक विक, सागर विक, ऋषि विष्ट, खडक बहादुर विष्ट, पुरवान खड्का र शिवराज १ नयाँवस्ती दिपक आचार्य गरी ७ जना रहेको नेकपा वडा नं. १ वडा कमिटि अध्यक्ष खिम बिक्रम के.सी.ले बताउनु भयो । जनताको पार्टि र राष्ट्र निर्माण गर्ने एकमात्र पार्टि नेकपा भएको भन्दै उनीहरु नेकपामा प्रवेश गरेको उहाँले बताउनु भयो ।
नव प्रवेशीहरुलाई नेकपा जिल्ला कमिटि सचिवालय सदस्य सिवि गहतराज, शिराज नगर इन्चार्ज लंका बहादुर हमाल, शिवराज नगर अध्यक्ष दिनेश पुन,प्रदेश नं. ५ प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी., नेकपा प्रदेश विभाग सदस्य टिकाराम पौडेल, प्रदेश ५ उर्जा विकास सदस्य जिवलाल पौडेल, शिवराज नगर कमिटी सचिव जगत पौडेल, वडा नं. १ का अध्युक्ष जगत जिसी लगायतले टिका र खादा ओढाएर पार्टिमा प्रवेश गराएका थिए ।
नव प्रवेशीहरुलाई अब एक ढिक्का भएर देश निर्माण लाग्न र ढिलै भए पनि कम्युनिष्ट विचारलाई मनन गरी नेकपा प्रवेश गरेकामा कार्यक्रमका प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सचिवालय सदस्य सिवि गहतराजले बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । नव प्रवेशीले अब पार्टिको सिद्धान्त र नितिलाई आत्मसाथ गर्दै पार्टिलाई मजबुत बनाउन लाग्नु पर्ने शिवराज नगरकमिटी अध्यक्ष दिनेश पुनले बताउनु भयो ।
कार्यक्रममा नगर कमिटि सदस्य गंगा घर्ति, गणेश के.सी, लक्ष्मी हमाल टिका सुनार, रामबहादुर के.सी. भरत पौडेल लगायत वडा कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP