Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कृषि र रोजगारलाई प्राथमिकता ः मेयर शाह

दिपक के.सी.
कपिलवस्तु असार ३
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले आ.ब. २०७६÷०७७ मा नगरमा कृषि र रोजगारलाई विशेष प्राथमिकता दिइने बताउनु भएको छ । विश्वलाई त्रासादी बनाएको कोभिड १९ कोरोना भाइरसले नगरपालिका पनि अछुत नरहेको जनाउदै महामारी र लकडाउनमा धेरै युवाहरु अन्य मुलुकबाट फर्किएको अवस्थामा उनीहरुको सिप र क्षमताको विकास गरी रोजगारी दिने गरी योजना छनौटको काम भइरहेको मेयर शाहले बताउनु भयो ।
“अहिले वडा स्तरबाट योजना छनौटको काममा वडाअध्यक्षहरु लागि रहनु भएको छ , वडा स्तरबाट पनि कृषि र रोजगारीलाई प्राथमिता दिन निर्देशन दिएको छु” मेयर शाहले भन्नु भयो । उहाँले चालु आर्थिक बर्षमा कुल बजेटको २५ प्रतिशत मात्रै विकास निर्माण खर्च भएको बताउनु भयो । कोरोना करहले गर्दा विकास योजनाका कामहरु प्रभावित भएको हो ।
मेयर शाहले कृषि पेशालाई अब जिविको पार्जन मात्र नगराई आम्दानी सँग जोडनुपर्ने बताउनुभयो । नगरका कृषकलाई सहज हुने तरिकाबाट आगामी योजना बन्ने निश्चित रहेको भन्दै अहिले वडा अध्यक्षहरु टोल टोलमा पुगेर योजना छनोट गरिरहेको शाहले बताउनुभयो । चन्द्रौटा कृष्णनगर क्षेत्रमा उद्योगहरु संख्या बढी रहेको भन्दै आगामी आर्थिक वर्षमा उद्योगहरुलाई स्थापित गरी नगरको दायरामा ल्याउने योजना रहेको बताउनुभयो । कृष्णनगर बजार व्यावस्थापन,युवालाई सिपमुलक तालिम,किशोर किशोरीलाई क्षमता अभिबृद्धि हुने खालका योजना समावेश गरिने उहाँले जनाउनुभयो ।
भारतिय सिमा संग जोडिएको नगरपालिका कोरोनाको उच्च जोखिम क्षेत्र भए पनि नियन्त्रणमा सफल भएको शाहले दावी गर्नु भयो । करिब १ हजार ५ जनालाई क्वारेनटाइनमा राखि सबैको पिसिआर चेक गरी घर पठाइएको र पोजिटिभ देखिएका ७२ जना मध्ये अहिले उपचार पछि ३६ जना निको भएर घर गई सकेको ,अहिले क्वाइरेन्टाइनमा कोहि पनि नरहेको उहाँले बताउनु भयो । कोरोनाका कारण नगर चालु आर्थिक बर्षका ७५ प्रतिशत विकास निर्माणका कामहरु रोकिएको शाहले बताउनु भयो । कोरोना नियन्त्रणमा डेढ करोड बढि खर्च भइसकेको अझै पनि लकडाउन र महामारी रहिरहेको अवस्थामा अझ बढि रकम खर्च हुनसक्छ । लकडाउन बढ्दै गए नगरमा दोस्रो चरणको राहत वितरण गर्नु पर्ने समेत शाहले बताउनु भयो ।
लकडाउन र बन्दाबन्दिका कारण रोजगारीको शिलशिलामा बाहिर जाने जनशक्ति पनि गाउँमै रहेर कृषि गर्ने हुदाँ कृषिलाई विशेष प्राथमिकतामा राख्नु पर्ने उहाँले बताउनु भयो। स्वेदश फर्किएका युवाहरुलाई कृषिमा आर्कषित गर्न सकिने योजना बन्नेछ । कृषिलाई रोजगारी र आम्दानीको स्रोत बनाउन कृषि विशेष प्याकेज ल्याउने मेयर शाहले जानकारी दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP