दाङ । दाङमा एक जोडीले वडाध्यक्षको रोहवरमा क्वारेन्टाइनमै विवाह गरेका छन्। घोराही उपमहानगरपालिका–१८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका अन्तरजातीय ती जोडीको विवाह वडाध्यक्ष भरत अर्यालले गराइदिनुभएको हो। भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरू प्रेम सम्बन्धमा रहेकाले जोडीकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताउनुभयो।
घरसल्लाहमा जेठ ३२ गते वर–पीपल साक्षी राखेर उनीहरुको विवाह आफूले गराइदिएको वडाध्यक्ष अर्यालले बताउनुभयो। उनीहरुलाई पीसीआर परीक्षण रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि आफूहरूको धर्म संस्कारमा ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते नै सामान्य ढंगले विवाह गराएको वडाध्यक्ष अर्यालले बताउनुभयो। घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय युवा र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीय युवतीले विवाह गरेका हुन् ।
उनीहरू जेठको पहिलो सातामात्रै भारतबाट आएर क्वारेन्टाइनमा ससेका थिए। करिब २४ दिन क्वारेन्टाइनमा अलग्गै बसेका उनीहरूको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ आएको हो । उक्त क्वारेन्टाइनमा उनीहरूसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि ती नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएकाले घरमा अलग्गै एक सातासम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको वडाध्यक्ष अर्यालले बताउनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया