Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राष्ट्रियसभाको शून्य समयः समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा बोल्ने सांसदहरूले क्वारेन्टाइन व्यवस्थापनदेखि विदेशमा रहेका नेपालीहरूको उद्धार निःशुल्क गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रामनारायण बिडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान् युवाहरू महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

सरकारले रोजगारी नदिएर धकेली–धकेली युवाहरूलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्त भएकाले उद्धार गर्न नसकेको उहाँले बताउनुभयो।

सांसद विमला घिमिरेले मकवानपुरको हेटौंडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएभयो। ६ महिनाअघि दुर्घटनामा पति गुमाएकी ती महिलालाई पहिलेदेखि नै घरका सदस्यले मानसिक तनाव दिँदै आएको कुराहरू बाहिर आइरहेको उल्लेख गर्दै उहाँले दोषीलाई कारबाहीको माग गर्नुभयो।

सांसद शारदादेवी भट्टले कैलाली घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभयो। महिलाहरू बाहिरको क्वारेन्टिनमा असुरक्षित रहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टिनमा राख्न उहाँले आग्रह गर्नुभयो।

यस्तै सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीयतामा देश भए पनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनहरूको अवस्था दुःख लाग्दो भएको बताउनुभयो। उहाँले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने माग गर्नुभयो।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिक आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा रहेको बताउनुभयो। हजारौँको संख्यामा क्वारेन्टिनमा रहेका व्यक्तिको परीक्षण हुन नसकेको आरडीटी पोजेटिभ देखिएका व्यक्तिको पीसीआर परीक्षण ढिलाइ भएको उहाँले बताउनुभयो।

सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदन भण्डारी राखेकोप्रति आपत्ति जनाउनुभयो। स्थानीयको विरोधका बीच नाम परिवर्तन भएको उहाँले बताउनुभयो। अस्पतालको नाम परिवर्तन नगर्न आग्रह गर्दै उहाँले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैंचा नगरपालिकामा आफूले जग्गा उपलब्ध गराउने उहाँले बताउनुभयो।

सांसद सुमनराज प्याकुरेलले शम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन अगाडि बढ्न नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो। प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै परिवारले अहिलेसम्म शव नउठाएको उल्लेख गर्दै उहाँले सरकारी वकिल कार्यालयबाट हिजो मुद्दा दर्ता भए पनि छानबिन सुरु नभएको बताउनुभयो। उहाँले तत्काल छानबिन गर्न माग गर्नुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP