Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कृषि विकास बैंकद्वारा असार मसान्तभित्र कर्जा बुझाउनेलाई विशेष प्याकेज घोषणा

काठमाडौँ । कृषि विकास बैंकले विभिन्न कारणले समस्यामा परी समयभित्र कर्जा तथा व्याज बुझाउन नसकेका ग्राहक तथा ऋणिहरुलाई मध्यनजर गर्दै आसार मसान्त सम्मको एकमहिने विशेष छुटको कार्य योजना सार्वजनिक गरेको छ ।

विशेष गरी १० वर्ष भन्दा बढी समय भएर पनि कर्जा तथा व्याज बुझाउन नसकेका ऋणिहरुलाई अवस्था हेरी ८० प्रतिशत भन्दा माथि वा सावा मात्रै पनि तिर्न सक्ने कार्ययोजना कार्यन्वयनमा ल्याएको छ ।

बैंकले बैंकको नाममा सम्पती जनाई सकेका,१० वर्ष भन्दा माथि समय पुगिसकेका र विभिन्न मुद्धा मामिला लगायतले समस्यमा परेकाहरुको हकमा सावा मात्रै भएपनि तिर्न सक्ने सम्मको छुट दिन सकिने जनाएको छ ।

नेपाली रेडियो नेटवर्कसँग कुरागर्दै कृषि विकास बैंकका उपमहाप्रबन्धक धुर्वचन्द्र गौतमले लकडाउनले पारेको प्रभावलाई मध्यनजर गर्दै सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

गौतमले युवा स्वरोजगार कर्जामा पनि विशेष व्याज छुट दिने व्यवस्था गर्दै उनिहरुलाई सहज रुपमा कर्जा प्रदान गर्नका लागि केन्द्रमा भएको अधिकारलाई प्रत्यायोजन गर्दै सम्बन्धित कार्यलयमै पुर्याइएको र कृषिका साना कर्जालाई बढी प्राथमिकता दिने नीति अंगिकार गरिएको भन्दै अप्ठ्यारोमा परेकोहरुको सावा मात्रै भएपनि लिने नीति बनाई नयाँ खाता खोल्न चाहनेको लागि पनि अनलाइन खाता र सोझै कार्यलयमा गएर पनि खोल्न सकिने गरी विशेष सुविधा उपलब्ध गराइएको बताउनुभयो ।

गौतमका अनुसार लकडाउनको समयमा पनि ५ लाख बढी ग्राहकसँग बैंकले २ खर्ब २५ करोडको कारोवार गरेको छ । चैत ११ देखि जेठ मसान्त सम्ममा धेरै बैंकहरुको निक्षेप घटिरहेको अवस्थामा समेत कृषि विकास बैंकले ५ अर्बले निक्षेप बढाएको छ । १२ लाख भन्दा बढी ग्राहका रहेको यस बैंककले धितो व्यवस्था हुनेलाई कर्जा दिदै आएको र मालपोत नखुलेका कारण समस्यामा परेका नयाँ कर्जा लिनेहरुलाई अहिले धमाधम दिइरहेको छ ।

नयाँ कर्जा लिनेहरुले लकडाउनकै समयमा करिव २ अर्बको हाराहारीमा रकम माग गरेका छन् । गौतमले भन्नुभयो,‘बन्दाबन्दीको समयमा पनि सेवालाई सुचारु राख्यौ । अहिले ५० प्रतिशत भन्दा बढी कर्मचारी परिरचालन गरिएको छ । अहिले देशभरीका शाखा कार्यलयहरु पूर्ण रुपमा सञ्चालनमा छन । लकडाउन अवधिभर २ खर्ब २५ अर्बको कारोवार भएको थियो । ५ लाख बढी ग्राहकसँंग कारोबार भएको छ । ग्रहक सख्या पनि थपिएका छन् ।’

उहाँले लकडाउनबाट प्रभावमा परेको उद्यमी,व्यावसायी र नियमित कर्जावालालाई पनि १० प्रतिशत सम्म व्याज छुट दिने निर्णय भएको र जो विभिन्न कारणले व्यज तिर्न नसकेका र भाखा नाघेका कर्जालाई पनि छुट मिनाहा दिने गरि यो असार मसान्त सम्मको समय निर्धारण गरिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP