Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सती प्रथाकै झल्को दिनेगरि एउटै चितामा जले दम्पती

काठमाडौं । चन्द्र शमशेरले १९७७ सालमा सती प्रथामा बन्देज लगाएपछि त्यस्ता घटना विरलै सुनिन्थे। तर, सोमबार पर्वतको मोदीवेणी घाटमा भएको घटनाले सती प्रथाकै झल्को दिइरहेको थियो। श्रीमान्– श्रीमती एउटै चितामा जलिरहेका थिए।

पहिरोले पुरिँदा ज्यान गुमाएका तुलबहादुर थापा र उनकी श्रीमती मीनकुमारीलाई एउटै चितामा राखेर दाहसंस्कार गरिएको हो। कुश्मा नगरपालिका–३ दुर्लुङको काउलेमा शनिबार राति पहिरोमा पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको थियो। सँगै मर्ने र सँगै बाँच्ने वाचाकसम खाएर झन्डै चार दशकअघि विवाह गरेका थापा दम्पती अन्ततः एउटै चितामा जलेर खरानी बने। उनीहरूलाई १ छोरी, १ नातिनी र २ नातिहरूसँगै विनाशकारी पहिरोले लगेको थियो।

अन्नपूर्णपोष्ट दैनिकका अनुसार थापा दम्पतीको चितासँगै थिए, नातिनी विदिशा र नाति सम्राटका चिता पनि। यस्तो वीभत्स दृश्य देखेर मलामी गएकाहरू भावविह्वल देखिन्थे। कसैका आँखा ओभाना थिएनन्। घाटमा चिता बनाउनेका हात काँपिरहेका थिए। आफन्त र गाउँलेहरू ठूला ढुंगाको लुकेर रुँदै गरेका देखिन्थे। कोही डाँको छोडेर रुँदै थिए त कोही गहभरि आँसु पार्दै।

६ जनाको अन्त्येष्टिका लागि लहरै बनाइएका चिता देख्दा मन थाम्न सक्ने अवस्था नरहेको स्थानीय याम शर्माले बताए। कलिला बालबालिकालाई चितामा राख्दा कसैले मन थाम्न नसकेको उनको भनाई छ।

त्यहाँ रहेकाहरू ‘शत्रु लागोस तर दैव नलागोस’ भन्दै भावविह्ल बनिरहेका थिए। बाबुआमा र छोराछोरीलाई एकैपटक दागबत्ती दिनुपर्दा तुलबहादुरका छोरा अम्मरबहादुर होसमा थिएनन्।

मलामी गएका स्थानीय सूर्यबाबु गिरीले तुलबहादुर र मीनकुमारीको मृत्यु एकै दिन एकै ठाउँमा भएकाले आफन्तको सल्लाहमा एउटै चितामा जलाइएको बताए। छोरा अम्मरबहादुरले एउटै चितामा जलाउँदा ‘बाबुआमाको सपना पूरा हुने’ बताएका थिए।

विनाशकारी पहिरोमा ज्यान गुमाएकामध्ये थापा परिवारका चार र कमला विक र उनकी छोरी प्रमिशालाई मोदीवेणी घाटमा सामूहिक दाहसंस्कार गरियोे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP