सुदूरपश्चिममा आज थप १३७ जनामा कोरोना संक्रमण फेला परेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ फोकल पर्सन हरि भट्टका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सुदूरपश्चिमको डडेल्धुराका थप ८३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अछामको मेल्लेख गाउँपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिनुभयो ।
उता स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ फोकल पर्सन भुवन प्रसाद जोशीले २५ जना नयाँ संक्रमित थपिएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया