Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नेपालमा आज एकैदिन ६७१ जना कोरोना संक्रमित फेला

नेपालमा आज ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नयाँ थपिएका संक्रमित मध्ये ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् ।आज संक्रमण देखिनेमा झापाका २ जना महिला र मोरङकी एकजना महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना महिला र ३१ पुरुष, बैतडीका २ महिला र २३ पुरुष, बाजुराका १५ महिला र २६ पुरुष, भक्तपुरका एक महिला र २ जना पुरुष, डडेल्धुराका ७ महिला र ७७ पुरुष, कैलालीका २ महिला र १९ पुरुष, कपिलवस्तुका २ महिला र १४ जना पुरुष, काठमाडौंका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी नुवाकोटाका २ जना पुरुष, रौतहटकी एक महिला र ३३ पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका २ जना पुरुष, सिन्धुपाल्चोकका एकजना, ललितपुरका एकजना, नवलपरासीका एकजना र महोत्तरीका एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्ताल टेकुमा गरिएको परीक्षणमा सिन्धुलीकी एक महिला, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतका एकजना महिला र ४ जना पुरुष, चितवका एकजना पुरुष, नवलपरासी पूर्वका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २९ जना पुरुष, बाग्लुङका एकजना पुरुष, मनाङका एकजना पुरुष, नवलपरासी पूर्वका ३० जना पुरुष, स्याङ्जामा २ जना महिला र ७ जना पुरुष, पर्वतका ४ जना पुरुष, तनहुँका १५ जना पुरुष, गोरखाका एक महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र एक पुरुष, कपिलवस्तुका एकजना पुरुष, पाल्पाका ६ जना पुरुष, रुपन्देहीका २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै रोल्पाका एकजना पुरुष, नवलपरासीका एकजना पुरुष र अर्घाखाँचीका ६ महिला र ९१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ पुरुष, बर्दियाका एक महिला र २ पुरुष, कैलालीका एकजना महिला र दैलेखका एकजना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ६ जना महिला र ८० जना पुरुष, सुर्खेतका ८ जना महिला र २६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बझाङका एकजना महिला र एकजना पुरुष,कञ्चनपुरका २ जना पुरुष, कैलालीका एकजना महिला र १९ पुरुष, डोटीका ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११८६ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP