Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नेकपा विजयनगर गाउँ कमिटी सचिबलय बैठक सम्पन्न

असार ४ – विजयनगर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयनगर गाउँ कमिटी सचिबालयको बैठक बिहिवार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य गोपाल बहदुर थापाले गाउँपालिकाको विकास र जनताको काममा कहिलै थकाइ नलाग्ने बताउनुभएको छ । उहाँले गाउँपालिका भित्रका ठुला– साना योजनाका कामहरु सम्पन्न भएको र कोभिड– १९ ले केही विकास निर्माणको केही काम अधुरो भएकोले र आगमी योजनामा समाबेश गरी उक्त कामहरु पुरा गर्ने बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा,स्वास्थ, कृषि र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखी काम गर्ने थापाले बताउनु भयो । उहाँले कोभिड–१९ लाई नियन्त्रण गर्न गाउँपापालिकाले अझ सशक्त ढंगले काम गर्ने र सरकारी मापदण्ड अनुसारको आइसुलेशन बेड सहितको १५ सैयाको अस्पताल निर्माण गर्ने र एम्बुलेन्स ल्याउनका लागि सबै कामहरु सम्पन्न भएको बताउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीलाई अझ थप मजबुत बनाउन जनवर्गिय संगठन निर्माण गरि अझ सशक्त ढंगले चलायमान गराउने र पार्टीलाई जनताको अगाडी कसरी लोकप्रिय बनाउने बारेमा छ्लफल भएको छ । जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले गाउँपालिकाको विकासको लागि अझ थुप्रै कामहरु गर्नु परेको र उक्त कामहरु गाउँपालिकाले सम्पन्न गर्ने चौधरीले बताउनु भयो ।

कार्यक्रममा प्रत्येक वडामा भएको विकासका गतिबिधीहरुको रिपोर्टिङ तथा समिक्षासमेत भएको भएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता तथा गाउँकमिटी सचिबालय सदस्य टंक बहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।
बैठकले पार्टी गाउँ कमिती सदस्य स्व. अनिस खाँको असामहिक निधन प्रति दुख ब्यक्त गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP