Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विजयनगरमा वार्षिक योजना निमार्ण गर्न सर्बदलीय बैठक सम्पन्न

राम प्रघट कोरी
विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा बिहिवार सर्बदलीय बैठक सम्पन्न भएको छ । आ. व. २०७७÷०७८ को वार्षिक नीति कार्यक्रम तथा वजेट निर्माणमा जुटेको गाउँपालिकाले कोभिड– १९ को महामारीका बीच गाउँपालिकास्थित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, समाजसेवी ,बुद्धिजीविहरुसँग छलफल गरेको हो ।

गाउँपालिकाले नयाँ भन्दा कोभिडका कारण सम्पन्न हुन नसकेका अधुरो र महत्वपूर्ण योजनाका कार्यलाई प्राथमिकतामा राख्दै अन्य कार्यलाई अगाडी बढाउने भएको छ । गाउँपलिकाले विश्वभरी फैलिएको कोरोना भाइरस महामारीका कारण हुन नसकेका र अधुरो विकास निमार्णका कामलाई तीव्रता दिने जनाएको छ ।

यसको साथै गाउँपालिकाले स्वास्थ्य, कृषि, शिक्षा, रोजगार र उत्पादनलाई विशेष प्राथमिकतामा राख्ने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमलाई बनाइरहँदा सर्बदलीय बैठकबाट थप सल्लाह सुझाव लिई योजनालाई कार्यान्वयन गर्दै अगाडी बढाउने थापाले बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट निमार्णमा कोरोना भाइरस र यसले प्रभाव परेको क्षेत्रको पहिचान गरी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।
स्थानीय स्तरमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुबाट आएका सल्लाह सुझावलाई ध्यानमा राखि अहिलेको अवस्था अनुकुल हुने गरि नीति कार्यक्रम र योजना निर्माण हनुपर्ने धारणा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले व्यक्त गर्नुभएको थियो ।

उहाँले अमूर्त भन्दा पनि कार्यान्वयनमा लान सकिने र प्रत्यक्ष रुपमा गाउँपालिकाको विकासमा टेवा पुग्ने योजना आउनु उपयुक्त हुने बताउनुभयो ।

बैठकमा अधिकांश बोल्ने बक्ताले सहुलियत ऋण, विपद् व्यवस्थापन कोष, सामुहिक कृषि कार्यक्रम, व्यवसायिक शिक्षा, मल खाद, उन्नत बिउ विजन, कृषि सामग्री अभाव हुन नदिन सहज रुपमा बजारको व्यवस्थापन लगायतका योजना समाबेश गर्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP