काठमाडौं । निशान छापमा नेपालको नयाँ नक्सा राख्नका लागि गरिएको संविधान (दोस्रो) संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ।
नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नयाँ नक्सालाई निशान छापमा राख्न प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुबै सदनले पारीत गरेको संविधान (दोस्रो) विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
विज्ञप्तिमा भनिएको छ, “आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।”
विज्ञप्ति हेर्नुहोस्

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया