काठमाण्डाै – अमेरिकाले लद्दाखकाे गलवान उपत्यकामा भारत र चीनका सेनाबीच साेमबार राति भएकाे सङ्घर्षलाई लिएर पहिलाे पटक प्रतिक्रिया दिएकाे छ ।
दुई देशका सेनाबीच भएकाे सङ्घर्षमा भारतका २० सैनिकले ज्यान गुमाएका थिए भने चिनियाँ सेनाकाे अवस्थाकाे बारेमा अझै आधिकारिक जानकारी प्राप्त भइसकेकाे छैन ।
अमेरिकी विदेश मन्त्री माइक पाेम्पियाेले ट्वीट गर्दै भारतप्रति समवेदना जनाएका छन् ।
माइक पाेम्पियाेले भने, ‘चीनसँग भर्खरै भएकाे सङ्घर्षकाे कारण ज्यान गुमाएका भारतीय सैनिकप्रति हाम्राे गहिराे समवेदना छ । हामी सैनिकका परिवार, आत्मीय मित्र र समुदायलाई सम्झन चाहन्छाै । यस्ताे समय, अहिले उनीहरु शाेक मनाइरहेका छन् ।’Secretary Pompeo✔@SecPompeo
We extend our deepest condolences to the people of India for the lives lost as a result of the recent confrontation with China. We will remember the soldiers’ families, loved ones, and communities as they grieve.31.3K6:44 AM – Jun 19, 2020Twitter Ads info and privacy9,666 people are talking about this
यद्यपि भारत र चीनबीच तनावकाे अवस्था भइरहँदा अमेरिका चीनसँग आफ्नाे सम्बन्ध सुमधुर बनाउन पनि जुटिरहेकाे छ ।
बुधबार अमेरिकी विदेश मन्त्री पाेम्पियाेले चीनका शीर्ष राजनेता याङ्ग जिचीसँग सात घण्टा बैठक गरेका थिए । दुवै जना डिनरमा सहभागी भएका थिए र सात घण्टासम्म कुराकानी गरे ।
पर्यवेक्षकका अनुसार अवस्था पूर्णरुपमा साम्य नभए पनि भारी तनाव हल्का हुनसक्ने र कुनै उपाय निस्कन सक्ने अनुमान छ ।
दुई देशबीचकाे याे बैठकले अमेरिका र चीन आपसी तनाव बढाउन नचाहेकाे अधिकारीहरु बताउँछन् ।
चीनले याे भेटघाटलाई रचनात्मक भनेकाे छ ।
चिनियाँ शीर्ष राजनेता याङ्गले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङ्गकाे विषयमा कुनै टकराव ननिम्ताउन र याे आफ्नाे आन्तरिक मामिला भएकाे बताएका छन् ।
साथै अमेरिकी विदेश मन्त्री पाेम्पियाेले चीनलाई काेभिड–१९ महामारीलाई लिएर सूचना सार्वजनिक गर्ने क्रममा पारदर्शिता देखाउन भनेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया