तनहूँ जिल्लाको दमौलीमा प्रधान कार्यालय रहेको राष्ट्रीय स्तर कार्य क्षेत्र भएको सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बिशेष साधारण सभा यहि २०७७ असार ५ गत,े शुक्रबार काठमाण्डौको बसुन्धारा स्थित होटल दियालो फुडलैण्डमा सम्पन्न भयो ।
उक्त बिशेष साधारण सभाले नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासंग मर्जर गर्ने सम्बन्धमा संचालक समितिका अध्यक्ष श्री कमल प्रसाद ज्ञवालीज्यूको प्रतिवेदनका साथै वित्तीय संस्थाको अधिकृत पुँजी बृद्धि गर्ने र सर्वसाधारण तथा संस्थापकहरुकोे लागि एक बराबर एक (१ः१) का दरले हकप्रद सेयर जारी गर्ने लगायत अन्य सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
अब नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिए लगत्तै नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोवारको सरुवात हुनेछ । मर्जर पश्चात संस्थाको संचालक समितिमा दुबै संस्थाबाट ३।३ जना रहने र अध्यक्षमा नयाँ नेपालका वर्तमान अध्यक्ष रहनेछन । यसैगरी, कार्यकारी प्रमुखमा हाल सारथीमा रहेका प्रबन्ध संचालक श्री राम बहादुर खड्का रहने सहमति भएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया