Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित चार जनामा कोरोना, आकस्मिक बाहेकका सेवा बन्द

शरद रेग्मी दाङ  । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

अस्पतालको मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि विरामीको हेरचाहमा संलग्न ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी गरी २१ जना होम क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्दा एकजना चिकित्सक, दुईजना नर्स र एकजना स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनीहरु दुई महिला र दुई पुरुष हुन् ।

कायम मुकायम रजिष्ट्रार देवका अनुसार संक्रमितहरु सबै प्रतिष्ठानको सम्पर्कमा छन् र उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । अस्पताल बन्दा हुँदा बिरामी तथा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति प्रतिष्ठानले क्षमा मागेको छ ।

साथै अन्य सरकारी तथा निजी अस्पतालहरुलाई प्रतिष्ठानबाट रिफर भएका विरामीलाई विशेष सुविधा दिई सेवा प्रवाह गरिदिन पनि अनुरोध गरिएको छ । यो सगै जिल्लामा २६० जना कोरोना सक्रमित भएका छन उनिहरुको बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP