Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

विद्यालयमा फलाएको तरकारी गाउँमा बेचेर दिवा खाजा

 

पर्वत : नेपाल सरकारले विद्यार्थीहरूलाई दिवा खाजा कार्यक्रमको लागि दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ। तर उक्त रकमले अपुग भएको भन्दै विद्यार्थी र विद्यालयबाट गुनासाहरू आउने गरेका छन्।

तर पर्वतको मोदी गाउँपालिका–२ देउपुरको टापुमा रहेको आदर्श आधारभूत विद्यालयका विद्यार्थीले भने दिवा खाजाको रूपमा कहिले खिर र त कहिले मासुका परिकारहरू पनि खाने गरेका छन्। राज्यले दिने १५ रुपैयाँको भर पर्नुको सट्टा विद्यार्थीहरू आफैले उत्पादन गरेका तरकारी बिक्री गरेर खाजाको व्यवस्थापन हुने गरेको छ।

कक्षा पाँचसम्मको पढाइ हुने विद्यालय भए पनि विद्यार्थीहरू भने सानै उमेरमा पनि सक्रिय छन्। विद्यालयकी प्रधानाध्यापक मैयाकुमारी शर्माका अनुसार हालै मात्रै विद्यार्थीहरूले विद्यालय आसपासका बस्तीहरूमा डुलेर रायोको साग बिक्री गरेका छन्।

आफैले लगाएको तरकारी बिक्री गर्न विद्यालय पोसाकमा नै डोकोमा साग बोकेर घरमा पुगेका विद्यार्थीहरू देखेपछि अभिभावकहरू पनि खुसी भए। घरमा बस्दा बुबा आमाले भनेको अटेर गर्ने बालबालिकाहरू नै विद्यालयमा गएर खेती गरेर सामग्री बिक्रीका लागि गाउँमा पुग्दा अभिभावकहरूले पनि खुसीले तरकारी किनिदिए।

गाउँपालिकाले कार्यान्वयनमा ल्याएको स्थानीय पाठ्यक्रमकै कारण विद्यार्थीहरूले यो उपलब्धि मिलेको प्रधानाध्यापक शर्मा बताउँछिन्। स्थानीय पाठ्यक्रम ‘हाम्रो मोदी’ अन्तर्गत ‘हाम्रो माटो’ एकाइमा स्थानीय तरकारी बालीको उत्पादन, बजारीकरण, उपभोग जस्ता कुराहरू सिकाउने गरी राखिएको उद्देश्य अनुसार नै विद्यालयमा तरकारी खेती गरिएको उनको भनाइ छ।

‘विद्यालयको कम्पाउन्डभित्र रहेको चौर खनेर तरकारी लगाउने सोच गरियो। म आफैले घरबाटै गोठे मल बीउ र बिरुवा ल्याएँ। शिक्षक साथीहरू र विद्यार्थीहरू मिलेर ड्याङ बनायौँ। सिमी, धनिया, काउली, बन्दा, रायोको साग लगायौँ’, प्रधानाध्यापक शर्माले भनिन, ‘कति गज्जब भएको छ भने घरमा भनेको अटेर गर्नेहरूले यहाँ तरकारी लगाउने, गोड्ने, सिँचाई गर्ने, बिक्री गर्ने, पैसाको हिसाबकिताब गर्ने भएको छन्। स्थानीय पाठ्यक्रममा यो विषयवस्तु राखिएकाले नै कार्यान्वयन गर्न कर पनि भयो।’

‘अर्गानिक’ खेतीको महत्त्व बुझ्न, किताबमा मात्रै सीमित नहुन सिकाइलाई दिगो बनाउन, व्यवहारिक हुन पनि यस्ता अभ्यासहरू राम्रा हुने उनको भनाइ छ। अहिले अभिभावकहरू पनि खुसी भएको बताउँदै उनले बिदाको दिनमा पनि विद्यार्थीहरू विद्यालयमा गएर तरकारीमा पानी हाल्ने, गोडमेल गर्ने, रेखदेख गर्ने लगायतका काम गर्नुका साथै विद्यालयप्रतिको अपनत्व पनि बढेको शर्माले बताइन्।

विद्यार्थीले उत्पादन गरेका सिमी, साग, काउली लगायतका हरिया र ताजा तरकारीहरू दिवा खाजाका रूपमा प्रयोग गर्ने गरिएको छ। आफैले उत्पादन गरेको तरकारीबाट दिवा खाजा खान पाउँदा विद्यार्थीहरू मक्ख छन्। घरमा छँदा हरियो तरकारी खान नमान्ने केही बालबालिकाहरूमा समेत हरियो तरकारी खाने बानीको विकास भएको देख्दा अध्ययन मात्रै नभएर स्वस्थ हुनका लागि पनि सहयोग मिलेको छ। नियमित रूपमा हरियो तरकारी खान पाउनु मात्रै नभएर तरकारी बिक्रीबाट आएको रकमले कहिलेकाहीँ स्वाद फेर्ने गरी विद्यार्थीको माग अनुसार पनि खाजा खुवाउन सकिएको विद्यालयले बताएको छ।

गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले आदर्श आधारभूत जस्तै पालिकाका अन्य विद्यालयहरूले पनि यस्तै अभ्यासहरू गरिरहेको भन्दै खुसी व्यक्त गरे। पालिकाको स्थानीय पाठ्यक्रमलाई स्थानीय सम्भावना र आवश्यकतालाई नै ध्यानमा राखेर निर्माण गरेकाले पनि धेरै विद्यालयहरूले विद्यालयमा खेतीपाती गर्ने बढिरहेको उनको भनाइ छ।

‘यसले विद्यार्थीहरूमा सञ्चार सीप, पैसाको सदुपयोग गर्ने, बिक्री गर्ने कलाको विकास गर्ने, पैसा गन्ने, बचत गर्ने लगायतका सकारात्मक बानी र व्यवहारहरूको विकास भएको छ। विद्यालयमा व्यवस्थित किसिमले तरकारी खेतीलाई दिगोपना दिने मौसम अनुसारका तरकारी लगाउने उहाँहरूको योजना छ’, उपाध्यक्ष लामिछानेले भने, ‘अहिलेका बच्चाहरू विद्युतीय उपकरणमा झुम्मिएर गलत बाटोमा पनि छन्। तर हाम्रो प्रयासले कम्तीमा माटोलाई माया गर्ने र उत्पादनसँग जोडिने बन्नुपर्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP