काठमाडौँ : रक्षामन्त्री मानवीर राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराएका छन्।
किमाथांका जोड्ने सडकका बारेमा वार्ता गर्न मन्त्रालय पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको भेटमा उनले उक्त जानकारी दिएका हुन्।
मन्त्री खड्काले सीमानाका किमाथांका जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका थिए।
भेटमा नेपाली सेनाका महासेनानी धर्मेन्द्रकुमार झाले खाँदबारी–किमाथांका सडकखण्डको अतिविकट खण्डमा ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको बताएका छन्।
उनले उक्त सडकका लागि हाल छुट्याइएको बजेट अपर्याप्त रहेको र बजेटको सुनिश्चितता भए आगामी दुई महिनाभित्र सडक बनाई सञ्चालनमा ल्याउन सकिने बताए।
खाँदबारी-किमाथांका सडक कोशी ल्हासा राजमार्गअन्तर्गत रहेको र उक्त खण्ड जोडिएपछि यो सडकले त्रिदेशीय पारवाहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
मन्त्री खड्काले यो नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बंगलादेशले फाइदा लिनसक्ने बताए। खाँदबारीदेखि किमाथांकाको दूरी १५८.५१ किलोमिटर छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया