Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

कामपाले पूर्व मेयर पीएल सिंहको शालिक बनाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको सम्झनामा राष्ट्रियसभा गृह परिसरमा पूर्णकदकाे शालिक निर्माण गर्ने घोषणा गरेको छ। आज बसेको १६ औँ नगरसभामा महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले पूर्णकदको शालिक निर्माण गर्ने घोषणा गरेका हुन्।

उनले नगरसभामा भने, ‘महानगर प्रमुखको निर्देशनअनुसार नगरपालिकाबाट महानगरपालिकामा रूपान्तरण गर्नुभएका, स्थानीय स्वायत्त शासनका लागि महत्वपूर्ण योगदान पुर्‍याउनुभएका पूर्व मेयर पीएल सिंहको सम्झनामा महानगरपालिकाले आफ्नो संरक्षणमा रहेको राष्ट्रियसभा गृह परिसर भित्र पूर्णकदको शालिक निर्माण गर्ने घोषणा गर्दछु।’

पुस १ गते ८५ वर्षकाे उमेरमा उनको निधन भएको थियो। उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए।

उनले गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए। २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने। पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP