काठमाडौं । अष्ट्रेलियाबाट आज हुने पहिलो ‘उद्धार’ उडानमार्फत् २५९ जना नेपालीहरु काठमाडौं फर्किँदैछन् । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् उनीहरुलाई काठमाडौं ल्याउन लागिएको हो ।
जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंका लागि उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया पुगेका अभिभावकहरु हुन् ।
सो फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन् । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया पुगेका हुन् । नेपाल फर्किन १३ सय जनाले फाराम भरेका थिए ।
तर पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरुले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ ।
हवाई यात्रुहरु सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बतायो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया