Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

 

काठमाडौं : देशका विभिन्न स्थानमा भएका पछिल्ला दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। पर्सा, चितवन र पाल्पामा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौगाँउस्थित सडकमा ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर जगरनाथपुर गाउँपालिका भिखमपुर पिपरा बस्ने ४५ वर्षीय शिव कुमार कुर्मीको शनिबार दिउँसो मृत्यु भएको छ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन, रत्ननगर नगरपालिका-१०स्थित सडकमा बा.प्र.०६-००२ प ४८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय बैकुण्ठनाथ लम्सालको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाल्पा, तानसेन नगरपालिका-११ सामाकोटस्थित सडकमा लु.२ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीया सीता गहतराजको शनिबार बेलुकी मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP