Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

काउली बजारमा प्रतिकिलो ५० भन्दा माथि, किसानको हातमा १५ रुपैयाँ पनि पर्दैन

रासस

काभ्रे : मण्डन देउपुर नगरपालिका- ११ राम्चेबेँसीकी गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ। विगतमा जस्तै यो वर्ष पनि आफ्नो खेतमा काउली रोपेकी उनी मूल्य घटिरहेकामा चिन्तित छिन्।

‘बारीभरी काउली रोपेको थिएँ, अहिले मध्य सिजन भएकाले होला काउली १५ रुपैयाँमा पनि बिकिरहेको छैन’, लगानीसमेत नउठ्ने भयो’, सापकोटाले गुनासो गरिन्। एक महिनाअघिसम्म प्रतिकेजी १०० रुपैयाँसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन्। यो वडाका करिब १३० किसानले खेतबारीमा काउली रोपेका थिए। तर भाउ नपाउँदा उनीहरूको लगानी जोखिममा परेको बताइन्छ।

बारीमै छोडौँ नहुने। टिपेर बजार पठाउँदा ज्याला पनि नउठ्ने। अर्की किसान सङ्गीता सापकोटालाई पनि यस्तै चिन्ताले सताइरहेको छ। ‘यहाँ यो सिजनमा दैनिक एक हजार केजीसम्म काउली उत्पादन हुने गरेको छ, तर बजारमा राम्रो मूल्य नपाउँदा भने लगानी र ज्यालासम्म नउठ्ने भए पनि घाटा ब्याहोर्न बाध्य भइयो’, उनले भनिन्।

स्थानीय चिरञ्जीवी सापकोटालाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान तयारी गरिदिन हतारो छ। साँझ व्यापारी तरकारी लिन आउने भएकाले उनीहरू समय मिलाएर काउली काट्न निस्कन्छन्। व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने र बनेपा तथा काठमाडौँमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेको उनले बताए। उनी पनि आफूले गरेको मेहनतअनुसारको आम्दानी नपाएकोमा निकै चिन्तामा परेको बताउँछन्।

हाल व्यापारीले प्रतिकिलो काउली १० रुपैयाँका दरले दिएको किसान बताउँछन्। सापकोटाले पाँच रोपनीमा लगाएको काउलीबाट गत वर्ष एक लाख ५० हजारसम्म आम्दानी गरेका थिए। तर यो वर्ष मूल्य राम्रो नपाएकाले फाइदा निकाल्न सक्ने स्थितिमा नरहेको उनको भनाइ छ । उनका अनुसार हालसम्म स्थानीय किसानले काउलीको राम्रो मूल्य पाएको प्रतिकिलो १७ रुपैयाँसम्म मात्रै हो ।

उपभोक्ताले बजारमा प्रतिकिलो ५० रूपैयाँमा किन्दा पनि यहाँका किसानले १० देखि १५ रुपैयाँ मात्रै पाइरहेका छन्। गत वर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेडा बेचेर पाँच लाखभन्दा बढी आम्दानी गरेका थिए, तर यो वर्ष एक लाख उठाउन पनि कठिन देखिएको स्थानीयको भनाइ छ।

काउली फलाउन किसानले धेरै मेहनत गर्नुपर्छ, काउली रोप्न खेत वा बारी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय-समयमा कीटनाशक विषादी हाल्नेलगायत काम गर्नुपर्छ। यतिका काम गर्दा लागेको खर्च हालको बजार मूल्यले धान्न नसक्ने किसान बताउँछन्। ‘हाल किसानले प्रतिकिलो काउलीको मूल्य ३५ देखि ४० रुपैयाँसम्म पाउनसके लगानी उठाउन सकिन्छ’, उनले भने।

तरकारीबाट उचित मूल्य नपाएपछि यहाँका किसानमा निराशा छाएको अर्का किसान कृष्णप्रसाद सापकोटाको भनाइ छ। ‘भारतबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, मौसमी काउली अहिलेको समयमा बढी उत्पादन भएकाले पनि उचित मूल्य नपाएको हो’, उनी भन्छन्।

राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ। यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्दै आएका छन्। तर पछिल्ला केही वर्षयता भने मण्डन देउपुरमा विविध कारण खेतीपातीमा लाग्ने किसान विस्तारै घट्न थालेको छ।

दुःख गरेर उत्पादन गरे पनि बजारका राम्रो मूल्य नपाउँदा किसानले खेतीमा गरेको लाखौँ रूपैयाँ जोखिममा पर्ने देखिएको छ। मल, बिउ समयमा नपाउने र पाए पनि महँगो हुने कारण मारमा परेको किसान बताउँछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP