Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

उपरदाङगढीको कोतघर पुनर्निर्माण शुरु

मुग्लिन : इच्छाकामना गाउँपालिका–७ स्थित उपरदाङगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ।

गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोमबार कोतघर पुनर्निर्माणको शिलान्यास गरे। रु. एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण शुरु गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।

निर्माण कम्पनीसँग २०८२ जेठ १५ गतेभित्र निर्माण सक्ने गरी सम्झौता भएको हो। पुरातत्त्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर पुनर्निर्माण गरिने अध्यक्ष गुरुङले बताए।

उनले भने, ‘पुरातत्त्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार भग्नावशेष अवस्थामा रहेको कोतघरको पुनर्निर्माण शुरु गरेका हौँ।’ उनका अनुसार उपरदाङगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतीक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ।

कोतघर निर्माणसँगै गाउँपालिकाले नेपाली सेनासँग समन्वय गरी उपरदाङढीमा तोपसहित पुराना हाततियार राखिनेछ। साथै ढुङ्गेधारा, ढुङ्गाको सिँढीबाटो समेत निर्माण गरिने योजना रहेको अध्यक्ष गुरुङले बताए। यहाँ कोतघर निर्माणसँगै तोपसहित पुराना हातहतियार राखेपछि पर्यटकको आवागमन बढ्ने र गाउँपालिकाको आम्दानीको स्रोत बन्ने बताए।

अहिले उपरदाङगढी घुम्न आउने पर्यटकबाट वार्षिक रु. सातदेखि आठ लाखसम्म टिकट शुल्कबाट आम्दानी हुँदै आएको उनले बताए। तत्कालीसन समयमा उपरदाङगढी चितवनको सदरमुकाम थियो। इतिहासमा उल्लेख भएअनुसार तल्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका वेला १८५७ मा पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP