Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

सौर्यमण्डलका ६ वटा ग्रहको एकैपटक परेड देख्‍न पाइने, लाभ हानि के छ?

काठमाडौं : विभिन्न ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न आफ्नो कक्षमा घुमिरहन्छन्। सौर्यमण्डलमा रहेका आठवटा ग्रहमध्ये आज ६ वटा ग्रह पृथ्वीको आकाशमा एकसाथ देखिएका छन्।

एकसाथ ६ वटा ग्रह पंक्तिबद्ध भएर देखिएको दुर्लभ घटनाका रूपमा अर्थ्याइएको छ। सूर्यलाई परिक्रमा गर्ने ग्रहका आफ्नै कक्ष छन्। दूरीका हिसाबले पनि फरक फरक समयमा उनीहरूले सूर्यको परिक्रमा गरिरहेका हुन्छन्।

यसपटक भने संयोगवश आठमध्ये ६ वटा ग्रह आपसमा भेटिएका हुन्। यसैक्रममा बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले कीर्तिपुरका विशेष कार्यक्रम आयोजना गर्दै विद्यार्थी र आम सर्वसाधारणलाई ती ग्रहहरू देखाउँदै छ।

ग्रहहरूको परेड र कार्यक्रमको बारेमा समितिका कार्यकारी निर्देशक डा. सनतकुमार शर्मासँग थाहाखबरकर्मी राजु पौडेलले गरेको छोटो कुराकानीको सम्पादित अंश :

आज आकाशमा ६ वटा ग्रहहरू एकैपटक देखिने विषय स्पष्ट पारिदिनुस न?

प्राय: आकाशमा एक दुईवटा ग्रहहरू देखिरहेका हुन्छौँ। कुनै बिहान देखिन्छ भने कुनै साँझमा देखिन्छ। योपटक भने ग्रहहरू एउटै भागमा एकैपटक लाइनअप भएर देखिने हो। पृथ्वी पनि सूर्यको वरिपरि परिक्रमा गरिरहेको हुन्छ। आफ्नो कक्ष र अक्षमा घुमिरहेको हुन्छ।

अहिले ती ६ ग्रहहरूको एकैपटक एकै भागमा एकै समयमा देख्न सक्ने भएका छौँ। यो एकदमै दुर्लभ घटना हो। कहिलेकाहीँ दुई चारवटा देखिन्थे। तर अहिले भने दुर्लभ घटना हो।

यस्तो घटना कति वर्षमा हुन्छ या पहिलोपटक देखिएको हो?

तीन चार वर्षमा तीन/चारवटा ग्रह देखिन्थे। तर, अहिले ६ वटा ग्रह देखेका छौँ। कति वर्षमा देखिएको भन्ने कुरा त हिसाब नै गर्नुपर्छ। मेरो अनुभवमा पनि हामीले हिसाब गरेका छैनौँ। तथापि प्रायजस्तो एकैपटक देखेको चाहिँ कमै घटना हो।

आज तपाईंहरूले आम सर्वसाधारणलाई ग्रहहरू देखाउने भन्ने पनि भन्नुभएको छ। यसले कुनै असर गर्छ कि रोमाञ्चक बनाउने अवसर मात्र हो?

यसले मानवीय स्वास्थ्यमा कुनै असर गर्दैन। प्रभाव पर्दैन। ज्योतिषीय तथा धार्मिक दृष्टिकोणले मान्छेको छुट्टै मान्यता होला। त्यसलाई विज्ञानको कुनै सरोकार राख्दैन। आजसम्म यस्तो घटना पृथ्वीमा वा मान्छेमा असर गर्छ भन्ने वैज्ञानिक तथ्य धारणाहरू छैनन्।

उसो भए तपाईंहरूले कार्यक्रम गरेर ग्रह देखाउने उद्देश्य के हो त?

हामीले मानिसहरूमा वैज्ञानिक चेतना र संस्कारलाई केही होस भन्ने मान्यता राखेका छौँ। हामीमा अन्धविश्वास छ। हामीले भाग्यवादी परम्परामा विश्वास गर्छौं। शनि देखिए कुनै बिगार गर्छ भन्ने जस्तो कुरा गरिरहेका हुन्छौँ। हामीले पनि ब्रह्‍माण्डको अध्ययन अनुसन्धान गर्नुपर्छ।

ग्रहहरूको बारेमा जनमानसमा जनचेतना जगाउन सकिन्छ कि भनेर यो मौकालाई सदुपयोग गरेका हौँ। विद्यार्थीहरूलाई देखाएर थ्रिलिङ अनुभव पनि होस् भन्ने र अध्ययन गर्न प्रेरणा होस् भन्ने अभिप्राय पनि हो। ।

कहिलेसम्म ग्रहहरूले एक स्थानमा परेड खेल्छन् त?

आज भने हामी कीर्तिपुरमा देखाउने तयारी गरेका छौँ। ग्रहरू फागुनको तेस्रो सातासम्म देखिन्छ। त्यसपछि उनीहरूको आफ्नो कक्षमा घुम्न थाल्छन्। टाढिँदै जान्छन्।

सबै ग्रहहरू स्पष्ट देखिन्छन्?

सूर्यको नजिक छन् उनीहरू उज्यालो र चम्किलो देखिन्छन्। बुध शुक्र वृहष्पति र शनि यिनीहरू चम्किलो देखिन्छ। अरूण र वरूण सूर्यबाट अलिक टाढा भएकाले उनीहरू अलिक मधुरो देख्छौँ। खाली आँखाले देख्न सक्दैनौँ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP