Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कर्णाली प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसहित आठ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित आठ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । आठ जनामध्ये दुई जना महिला छन् ।

मंगलबार राति गरिएको पीसीआर परीक्षणमा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका अस्पताल निर्देशक डा.मंगल रावलले जानकारी दिए ।

संक्रमणको थप जोखिम बढ्ने भन्दै अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ । कर्मचारीहरुको पीसीआर परीक्षणसँगै कन्ट्याक्ट ट्रेसिङ पनि शुरु भएको प्रतिष्ठानले जनाएको छ ।

अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लास्थित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

अस्पतालको इमर्जेन्सी सेवा बाहेका सबै सेवाहरु बन्द भईसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP