Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

सरस्वती पूजाको चटारो, मूर्तिकारहरूलाई भ्याइनभ्याई

 

रौतहट : सरस्वती पूजाको नजिकिँदै जाँदा मूर्तिकारहरूको व्यस्तता बढेको छ। विभिन्न स्थानका कालीगढहरू अहिले सरस्वतीको मूर्ति बनाउन तल्लीन छन्। जिल्लाभरिका मूर्तिकारहरु विद्यालय तथा अन्य शैक्षिक संस्थाका लागि विभिन्न साइजका मूर्तिहरु बनाउनमा व्यस्त छन्।

कतिपय मूर्तिकारहरुले विद्यालयहरुको अर्डरअनुसार मूर्ति निर्माण गरिरहेका छन् भने अन्यले आफैँले मूर्ति बनाएर बिक्री गरिरहेका छन्। रौतहटमा मूर्ति बनाउने परम्परागत पेशा अँगाल्दै आएका पण्डित समुदायका कालीगढहरु अहिले सरस्वतीको मूर्ति बनाउने कार्यमा जुटेका छन्।

तराई मधेश क्षेत्रमा माटोका मूर्ति बनाउने कुम्हालेलाई पण्डित पनि भन्ने गरिन्छ। यिनै पण्डित समुदाय अहिले सरस्वती मूर्ति निर्माणमा निरन्तर लागिपरेका छन्।

गौर नगरपालिका वडा नम्बर ४ का ओमप्रकाश पण्डित अहिले निकै व्यस्त छन्। उनले सदरमुकाम गौरका दुई दर्जनभन्दा बढी निजी तथा सामुदायिक विद्यालयहरुका लागि सरस्वती मूर्ति बनाउने जिम्मा लिएका छन्। उनले १,५०० देखि २० हजार रुपैयाँसम्मका मूर्तिहरु बनाइरहेका छन्। उनका सहकर्मी रिकेश पण्डित र लखेन्द्र पण्डित पनि मूर्ति निर्माणमा सक्रिय छन्। पण्डित समुदायका अनुसार सरस्वती पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमी लगायतका अवसरमा मूर्ति बनाउने सिजन सुरु हुन्छ।

मूर्तिकारहरूका लागि यो समय आम्दानीको मुख्य स्रोत बनेको छ। सामान्य साइजको मूर्ति बनाउनका लागि २ हजार रुपैयाँसम्म खर्च लाग्ने तथा ठूलो मूर्ति निर्माण गर्न ५ देखि ७ हजार रुपैयाँसम्म खर्च हुने गर्छ।

जयनगरका मूर्तिकार रामएकवाल पण्डितका अनुसार चाडपर्वको बेला मात्र उनीहरूको व्यस्तता बढ्ने गर्छ। अन्य समयमा काम नभएकाले मूर्ति निर्माणको सिजनमा मात्र राम्रो आम्दानी हुने उनको भनाइ छ। विद्यालयहरुबाट सरस्वती पूजाका लागि मूर्तिहरुको माग बढेकाले यसपटक पनि राम्रो व्यापार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP