Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

वर्षा सुरु भएकाले क्वारेन्टिन व्यवस्थापन झन भद्रगोल हुने भोः मन्त्री राउत

काठमाडौँ । स्वास्थ्य एवं जनसंख्या राज्यमन्त्री नवराज राउतले देशभरी मौसम परिवर्तन भई वर्षात सुरुभएकाले क्वारेन्टिन व्यवस्थापनमा थप चुनौती देखिएको बताउनुभएको छ । उहाँले एकैपटक भारत लगायतका देशबाट नेपालीहरु भित्रने क्रम बढेकाले सुरुमै समस्याको रुपमा देखापरेको क्वारेन्टिनको व्यवस्थापनको समस्या अहिले वर्षका कारण थप जटिल बनेको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै राज्यमन्त्री राउतले केहि ठाउँमा अव्यवस्थित देखिएपनि धेरै ठाउँमा भनिए जस्तो भद्रगोल नभएको दावी गर्नुभयो । वर्षा लागेकोले समस्या छ र सुधार गर्ने प्रयासमा सरकार लागेको भन्दै विश्वस्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार क्वारेन्टिन बनाउन नसकिएको स्विकार गर्नुभयो ।

देशको क्षमता अनुसार जहाँ जस्तो स्रोत उपलब्ध छ त्यसैलाई व्यवस्थापन गरिरहेको र यसको जिम्मेवारी स्थानीय तहलाई दिएको उहाँको भनाइछ । स्थानीय तहलाई संघीय सरकारले व्यवस्थापनमा लागि आवश्यक रकम दिएको र यसैबाट स्कुल तथा कलेजका क्वारेन्टिन र आइसोलेसन बनाउनुपर्ने अवस्था आएको राउतले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘देशको अवस्था र परिस्थिति अनुसार गरेका छाँै । त्यहाँ बसेका सवैले पनि सरकारको यो प्रयासलाई बुझ्नुपर्छ । कार्यविधि अनुसार काम गर्न सवै स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उहाँहरु खटिनुभएको छ । स्थानीय जनप्रतिनिधिहरु पनि दिनहुँ खटिनु भएको छ । केहि ठाउँमा देखिएको समस्या हलगर्ने प्रयासमा सरकार छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP