Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाले फोहोरमैला गराएको भन्दै जरिवाना तोकेपछि दुईपटक जरिवाना तिरेको छ। राप्रपाले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत महानगरपालिकालाई एकलाख जरिवाना बुझाएको छ।

यसअघि पनि राप्रपाले जरिवाना तिरेको छ। गत वैशाखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चैत २७ गते प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेकाले पाँच हजार र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै मर्मतका लागि २२२ रुपैयाँ ८१ पैसा जरिवाना तिराएको थियो।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सुशासन र विधिको शासन मान्ने बताए। उनले आज फेसबुकमा भनेका छन्,‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ, राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्, महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ, रु १ लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’

महानगरपालिकाले हिजो पूर्वराजाको स्वागतमा फोहोरमैला भएको भन्दै राप्रपालाई एकलाख जरिवाना तोकेको थियो। तर,नेकपा एमालेले भने जरिवाना तिर्न मानेको छैन। महानगरपालिकाका नगर प्रहरी गएर पार्टी कार्यालयमै पत्र बुझाउन खोजे पनि पत्र लिन इन्कार गरेको थियो।

गत मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरेको भन्दै एमालेलाई एक लाख जरिवाना तोकेको थियो। तर, एमालेले हालसम्म उक्त जरिवाना रकम महानगरलाई बुझाउन आलटाल गरिरहेको बताइएको छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP