Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित शहर

 

काठमाडाैँ : नेपालको राजधानी काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित शहर भएको छ।

काठमाडौँमा हावाको गुणस्तरको सूचक (एयर क्वालिटी इन्डेक्स– एक्यूआई) समाचार तयार पार्दासम्म २३४ पुगेको छ। यो अवस्था मानव स्वास्थ्यका लागि निकै अस्वस्थ मानिन्छ। मुख्य प्रदूषक पी एम २.५ को मात्रा १५९ पुगेको छ।

 

सरकारबाट स्वीकृत वायु गुणस्तरको सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० हुँदा अस्वस्थ, २०१–३०० हुनुलाई निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ।

पछिल्ला दिनहरूमा काठमाडौँमा प्रदूषण निरन्तर बढिरहेको छ। गत शनिवार हावा धेरै चलेकाले प्रदूषण अघिल्ला दिनको तुलनामा कम भए पनि विश्वका प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाडौँ आइतवार दोस्रो स्थानमा थियो।

काठमाडौँपछि भियतनामको हनोई, भारतको राजधानी नयाँ दिल्ली, चीनको वुहान, बंगलादेशको राजधानी ढाका प्रदूषित शहरको सूचीमा क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्।

वातावरण विभागको वायु गुणस्तर निगरानीमा काठमाडौँको शंख पार्कमा हावाको गुणस्तर निकै अस्वस्थ (एक्यूआई २१४) रहेको देखिएको छ।

रत्नपार्क, भक्तपुर, भैंसेपाटी, खुमलटारमा वायुको गुणस्तर अस्वस्थ रहेको छ। लगातार प्रदूषण बढेपछि सरकारले अनावश्यक रुपमा प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अपिलसमेत गरेको छ। घरबाहिर निस्कनै परे मास्क प्रयोग गर्न भनिएको छ।

विगत केही दिनदेखि नेपालका विभिन्न भूभागमा लागेको डढेलोका कारण काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले वर्षा नभएसम्म प्रदूषण उच्च रहने सम्भावना औंल्याएको छ।

विशेषगरी चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने याम भएकाले यस समयमा वायुको गुणस्तर बिग्रने गरेको छ।  थाहा खबर

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP